समसामयिक बिषयमा पत्रकारका लागि अभिमुखिकरण

1697 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

वेनिघाट रोराङ – धादिङ र चितवन जिल्लाका पत्रकारहरुका लागि नेपाली पत्रकारिताको पछिल्लो अबस्था, आचार संहिता लगायतका बिषयमा आधारभूत जानकारी दिने उद्धेश्यले एक दिने अभिमुखिकरण कार्यक्रम मंगलबार वेनिघाट रोराङमा सम्पन्न भएको छ ।


वेनिघाट रोराङ गाउँपालिकाको सहयोगमा बाताबरण पर्यटन तथा उर्जा सरोकार पत्रकार मञ्च (जिट) नेपालले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा खोज पत्रकार केन्द्रका महासचिव रामजी दहाल, नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट, सचिव प्रकाश थापा, बुढीगण्डकी जलबिद्युत आयोजनाका प्रमुख कृष्णवहादुर कार्की, कान्तिपुर दैनिकका आर्थिक पत्रकार यज्ञ बञ्जाडे, इकान्तिपुर अनलाइनका कञ्चन अधिकारी, विकास पत्रकारितामा कृयाशिल पद्म न्यौपाने, पन्छी संरक्षण संघका कृष्णप्रसाद भुसालले सहजीकरण गर्नु भएको थियो ।

 
कार्यक्रममा विकास योजनामा सञ्चार क्षेत्रको महत्व,सडक सुरक्षा र पत्रकारिता,पत्रकार आचार संहिता, सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, आर्थिक पत्रकारिता र जिल्लाका सवाल, बसढीगण्डकी जलविद्युत्त आयोजनाको अहिले सम्मको कार्य प्रगति र भावी योजना, अनलाइन पत्रकारिता र यस्का चुनौतीका साथै धादिङ जिल्लामा पाईने लोपोन्मुख पंछीको पहिचान र सञ्चार क्षेत्रको भूमिकाका बिषयमा छलफल गरिएको थियो ।


बाताबरण पर्यटन तथा उर्जा सरोकार पत्रकार मञ्च (जिट) नेपालका अध्यक्ष हरिहरसिंह राठौरको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तवहादुर डल्लाकोटीले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष डल्लाकोटीले पत्रकारले विकास र परिवर्तनका लागि धेरै भन्दा धेरै सवालहरुको पहिचान गरि निर्धक्क साथ सत्य तथ्य बिषय उजागर गरेर जनप्रतिनिधि र कर्मचारीलाई सचेत गराउन आग्रह गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट, सचिव प्रकाश थापा, खोज पत्रकार केन्द्रका महासचिव रामजी दहाल, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिका कोषाध्यक्ष सीताराम अधिकारी, महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य केशव अधिकारी लगायतको आतिथ्य रहेको थियो ।