धादिङका विजय तामाङ सहित ८ जना काठमाडौंबाट पक्राउ

1564 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौंः काठमाडौंमा श्रृङ्खलाबद्ध रुपमा हुने लुटपाटमा संलग्न रहेको आरोपमा नेपाली सेनाका भगौडादेखि वार संचालक र विप्लवका कार्यकर्तासम्म पक्राउ परेका छन् ।

आइतबार महानगरीय प्रहरी परिसर टेकुले पत्रकार सम्मेलन गरेर राजधानीका विभिन्न स्थानमा भएको लुटपाटका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरु सार्वजनिक गरेको हो । पक्राउ परेका
हरुको बिषयमा अनुसन्धान गर्दा उनिहरु विगतमा विभिन्न खाले अपराधिक क्रियाकलापदेखि अन्य काम कारबाही समेत संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

शनिबार प्रहरीले लुटपाटका घटनामा संलग्न भएको भन्दै काठमाडौं ९१६ स्थित हाइ रेस्टुरेन्ट एन्ड डान्सबारबाट ८ जनालाई पक्राउ गरेको थियो । जसमा गोरखा जिल्ला अजिरकोट गाउँपालिका घर भई सोही रेस्टुरेन्ट संचालन गर्दै आइरहेका ३८ वर्षीय कुशल अधिकारी, नुवाकोट तारकेश्वर गाउँपालिका–१ घर हाल हाई रेष्टुरेन्ट एण्ड डान्स वार संचालक २९ वर्षीय राम वहादुर तामाङ, नुवाकोट घर भई हाल सोहि वार संचालक २५ वर्षीय धर्म राज तामाङ, गुल्मी ईस्मा भई हाल हलचोक वस्ने ३० वर्षीय युवराज भण्डारी, रसुवा घर भई हलचोक वस्ने २९ वर्षीय योर्साङ घले, धादिङ घर भई टोखा जरङ्गु डान्स वार संचालक २७ वर्षीय विजय तामाङ, नुवाकोट घर भई हाल काँडाघारी वस्ने ३० वर्षीय पिटर तामाङ र नुवाकोट घर भई हाल वौद्द वस्ने ३० वर्षीय को राजन तामाङ्ग रहेका छन् ।

पक्राउ पर्नेमध्ये अधिकारी नेपाल आर्मीका भगौडा रहेको, योर्साङ घले विप्लव समूहका कार्यकर्ता भएकोसमेत भएको अनुन्धानबाट खुलेको पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

उनीहरूका साथबाट चाइनिज पेस्तोल २ थान, सो पेस्तोलको म्याग्जिन २ थान, सोही पेस्तोलको गोली ४ राउन्ड, नक्कली सुन १ केजी, फलाम काट्ने औजार १ लुटिएका पर्स, एटिएम कार्ड र मोबाइल २ थान समेत बरामद गरेको बताएको छ। यसैगरी लुटिएको झोला, ७ थान मोबाइल र ४ थान मोटरसाइकल समेत बरामद गरेको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।