शान्ति सुरक्षा,शुसासन आफ्नो पहिलो लक्ष्य- प्रजिअ तामाङ

1331 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी -धादिङ जिल्लामा हालै मात्र सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्लाको शान्ति सुरक्षा,शुसासन, सूचनाको हक र पारदर्शिता लाई कायम गर्नु आफ्नो पहिलो लक्ष्य रहेको बताउनु भएको छ ।

जिल्ला प्रसासन कार्यलय धादिङमा सोमबार जिल्लाका पत्रकारहरु संग परिचय गर्दै  प्रजिअ तामाङले धादिङ जिल्लाको राजमार्ग क्षेत्रका समस्या, नदी तथा खोलामा बढ्दै गएको दोहन, बुढीगण्डकी जलबिद्युत्त आयोजना, नागढुंगा सिग्रेखोला सुरुङ मार्ग, हुवासिन सिमेण्ट उद्योग,सवारी दुर्घटना न्यूनिकरण, घाईतेहरुको उद्धार, राजमार्गका होटलमा खानेकुराको गुणस्तर र मूल्य व्यवस्थापन, लगायतका सवालमा आफ्नो धारणा राख्दै आम नागरिकलाई कुनै पनि मर्का पर्ने काम कतैबाट हुन नहुने वताउनु भएको थियो ।

जिल्लामा हुने अनियमितता भष्टचार कालोबजारी रोक्नका लागि आफ्नो कार्यकालमा कुनै कसुर बाकि नराख्ने बताउदै प्रमुख जिल्ला अधिकारी तामाङले भष्टचार मुक्त समाज बनाउन संचार जगतको सहयोग र सहकार्य आवश्यक रहने बताउनु भएको थियो । ।

जिल्लामा साबजनिक सम्पत्ति अतिक्रमण लगाएतका बिषमा अनुगमन अध्ययन अनुसन्धान गरेर अगाडि बढने बताउदै शान्ति सुरक्षा मजबुद बनाउने अनियमिता रोक्ने सुसाशन कायम गर्ने आफ्नो पहिलो दायित्व भएको उहाँको भनाई थियो ।

प्रजिअ संगको पत्रकारहरु संगको परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्माले जिल्लाको पत्रकारिता, संचार गृह र संचार माध्यमको अवस्था लगायतका बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष सिताराम वर्माले ३ दशक अघि देखि धादिङका पत्रकार र स्थानीय प्रशासन सहकार्य गरेर अघि बढेको स्मरण गराउनु भएको थियो । कार्यक्रममा जिल्लामा रहेर विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यस अघिका प्रजिअ भागिरथ पाण्डेको ललितपुर जिल्ला प्रशासन सरुवा भए पछि तामाङ मकवानपुर जिल्ला प्रशासनबाट सरुवा भएर धादिङको प्रजिअ भएर आउनु भएको हो ।