विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

1039 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला सेक्रेटरी बुद्ध गुरुङ घले मंगलबार विहान पक्राउ परेका छन् ।धादिङको सिद्धलेक गाउँपालिका–५ का घलेले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, व्यापारी तथा सरकारी कर्मचारीलाई धम्क्याएर जबरजस्ती चन्दा असुली गर्ने गरेको प्रहरीको भनाइ छ

धादिङको नौविसे हुंदै काठमाण्डौं जाँदै गर्दा प्रहरीले गुरुङलाई धुनिबेसी नगरपालिका वडा नम्बर ९ पिपलामोड स्थित त्रिभुवनराजपथबाट मंगलवार विहान ६ वजे तिर पक्राउ गरेको हो । प्रदेश नम्बर ३–०२–००७ प ०९२७ नम्बरको मोटरसाईकल, पाँच वटा मोबाइल सेट र एक लाख २१ हजारसहित घले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले मंगलबार पत्रकार सम्मेलन गरि गुरुङ पक्राउ परेको जानकारी गराएको हो । धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारका अनुसार गुरुङ माथि विष्फोटक पदार्थ, संगठित अपराध, अपराधिक उपद्रव लगायतका बिषयमा ५ वटा छुट्टाछुट्टै मुद्धा दायर भएको र निज फरार रहँदै आएकाले पक्राउ गरि अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको हो ।
गुरुङलाई प्रहरीले गएको असार १० गते सिद्धलेक गाउँपालिकामा पर्ने कालुपाण्डे मार्गको मुक्तिनाथ मन्दिर नजिकै सार्वजनिक स्थानमा बम राखेको, साउन १५ गते सिद्धलेककै लेखाडाँडाका साथै जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलको टावरमा भएको आगजनी तथा बम विष्फोटको नेत्तृत्व गरेको लगायतका बिषयमा मुद्धा दायर गरेको छ ।

बम विष्फोट, आगजनी संगठित अपराधका घटनामा संलग्न रहेको आरोपमा गुरुङ सहित १३ जना माथि मुद्धा दायर भएकोमा जिल्लाको रुवीभ्याली गाउँपालिका २ का चेरुङ तामाङ र गल्छी गाउँपालिका ३ का टिका खतिवडा सिद्धलेकका इश्वर पाण्डे र धनवहादुर घले पक्राउ परेकोमा इश्वर पाण्डे वाहेक अरु तीन जना जनही एक लाख धरौटीमा छुटिसकेका छन भने चेरुङ तामाङ विप्लव नेकपा त्यागेर समाजवादी पार्टीमा प्रवेश गरेका छन । पाण्डेले धरौटी वुझाउन नसक्दा उनि जेल चलान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अझै ८ जना फरार रहेका छन् ।