राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

934 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित भएको छ ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकले विधेयक संशोधनसहित सर्वसम्मति पारित भएको हो । सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट संदेशसहित प्राप्त राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति जनाएको थियो ।

यसअघि विधेयकमाथि १३ जना सांसदले संयुक्त रुपमा दर्ता गराएको संसोधन प्रस्तावमा संयुक्त संशोधन कर्ताकोतर्फबाट सांसद ठगेन्द्र प्रकाश पुरीले दफा ३६ बाहेकका अन्य प्रस्ताव फिर्ता लिनुभएको थियो । त्यसैगरी अर्का संशोधन कर्ता सांसद रामप्रित पासवानले पनि संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो ।