सीताराम वर्मालाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

3169 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ६ असोज – धादिङमा रहेर ३ दशक देखि निरन्तर पत्रकारिता गर्दे आईरहनु भएका सीताराम वर्मालाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।राससमा आवद्ध रहनु भएका वर्मा नेपाल पत्रकार महासंघ धादिङको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।वर्मा ८० बर्षको उमेरमा पनि पत्रकारितामा सक्रिय रहँदै आउनु भएको छ ।

प्रेस काउन्सिल नेपालले आफ्नो वार्षिकोत्सवको अवसरमा वर्मा संगै अन्य पत्रकारलाई पनि पुरस्कारका लागि नाम छनोट गरेको छ ।प्रेस काउन्सिल नेपालले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष पत्रकारिता क्षेत्रका विभिन्न विधाका व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्दैआएको छ । आफ्नो ५० औँ वार्षिकोत्सव (स्वर्णजयन्ती) को अवसरमा सोमबार काठमाण्डौंमा विशेष समारोहका बिच काउन्सिलले पुरस्कार प्रदान गर्दैछ ।

काउन्सिलले गोविन्दबहादुर थापालाई एक लाख ५१ हजार रुपियाँ राशिको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार डाक्टर सुरेश आचार्यलाई एक लाख पाँच हजार रुपियाँ राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

यस्तैगरि बाँकेको दैनिकनेपालगञ्जलाई ५० हजार रुपियाँ राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै, मो.हसन मियाँलाई २० हजार रुपियाँ राशिको प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार, अन्तर्बोध साहित्यिक त्रैमासिकका सम्पादक÷प्रकाशक होमशंकर बास्तोलालाई २० हजार रुपियाँ राशिको प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको काउन्सिलले जनाएको छ ।

नेपालभूषण न्यौपाने, शिवबहादुर कार्की, सीतारामप्रसाद बर्मा कट्टेल, यज्ञप्रसाद शर्मा, हरि जोशी, बालकृष्ण प्रसाद, शंकर कार्की, विष्णुप्रसाद शर्मा र विश्वमणि सुवेदी सहित नौ जनालाई २० हजार रुपियाँ राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । यस्तै, जनही १५ हजार रुपियाँ राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १० जनालाई प्रदान गरिने भएको छ । जसअनुसार, मीना तिवारी (घिमिरे), अजयदीप शर्मा, अमर खड्का, डिलाराम भुसाल, करुण अर्याल, विधान श्रेष्ठ, निलिफा सुब्बा, मन्जिमा ढकाल, सोमबहादुर थापा र रिङ्कु (गायत्री) मिश्र हुनुहुन्छ । यसैगरी, २० हजार रुपियाँ राशिको प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार सविता बानियाँ र हर्कबहादुर श्रेष्ठलाई एवं १० हजार रुपियाँ राशिको प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुुरस्कार विपुल पाण्डेलाई प्रदान गरिने जनाइएको छ ।