रि र लापा गाविस जोड्ने डोल्पा पुल संकटमा

707 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१८ साउन / केही समय यता लगातार परिरहेको पानीले जिल्लाको उत्तरी क्षेत्रमा विभिन्न हानी नोक्सानी पु¥याएको छ । सेर्तुङ गाविसको वोराङमा रहेको उच्च माध्यमिक बिद्यालयको भवन भत्किएको घटना सेलाउन नपाउंदै रि गाविसमा पुल पहिरोको चपेटामा परेको छ । धादिङ जिल्लाको रि र लापा गाविस जोड्ने आंखुखोला माथि रहेको झोलुङगे पुल पहिरोको चपेटामा परेको हो । रि गाविसको वडा नम्बर २ र ४ वाट  लापा गाविसको वडा नम्बर ८ जोड्ने आंखुखोला माथिको डोल्पा पुलको नामले चिनिएको झोलुङ्गे पुल पहिरोमा परेपछि यस भेगका वासिन्दा गाउंवासी मर्कामा परेका छन । विरिम भिरवाट झरेको पहिरोले दुई गाविसलाई जोड्ने डोल्पापुलको जिप भत्किएपछि पुलवाट आवाजावत रोकिन पुगेको स्थानीयवासीले वताए ।
पुलबाट मानिस हिंडडुल गर्न रोकिंदा उत्तरी धादिङको रि,दार्खा र लापा गाविसका वासिन्दालाई दैनिक जिवनमा समस्या पर्नुका साथै गाउंवाट सदरमुकाम आवातजावत गर्न समेत समस्या भएको स्थानीयवासीले वताएका छन । बस्ती नजिकै अर्को पुल पनि नभएको र आंखुखोलामा पानीको वहाव बढिरहेका कारण गाउंवासीलाई समस्या परिरहेको रि गाविसका स्थायीवासी समेत रहनुभएका नेपाली कांग्रेसका जिल्ला सचिव भक्त लामाले धादिङ न्युजलाई वताउनुभयो ।