कुसुण्डेमा सडक भासिएपछि टेलर फस्यो खाल्डोमा(फोटो फिचर)

2046 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ कुसुण्डेमा फेरी सडक भासिएको छ । धादिङबेंसी सुनौलबजार खाल्टे सडक खण्डमा पर्ने कुसुण्डेमा यस अघि पनि पटक पटक सडकमा सवारी आवागमन अवरूद्ध हुने गरि खाल्डा परेर सडक भासिने गरेको छ ।


केही वर्षदेखि यो ठाउँको सडक र आसपासमा जमिन भासिएर ठूलाठूला खाल्डा पर्ने गरेकोले नजिकको बस्ती समेत संकटमा पर्न थालेको स्थानीयको भनाई छ । केही महिना अघि पनि उक्त स्थानमा सडकमै खाल्डो भएर भासिन थालेपछि ढुंगा माटोले खाल्डा पुरेर सडक सञ्चालनमा ल्याइएको थियो।

सोमबार बिहान एक्कासी सडक भासिएर ठूलो खाल्डो बनेपछि धादिङबेंसीबाट ग्रामीण सडक मर्मतका लागि स्काभेटर बोकेर गएको टेलर सोही खाल्डोमा फसेको स्थानीयले बताएका छन् ।खाडलमा फसेको टेलरबाट स्काभेटर वाहिर झारेर सोही स्काभेटरको माध्यमबाट खाडलबाट तानिएको थियो ।

एउटै ठाउँमा पटक पटक खाल्डा भएर सडक भासिनेक्रम बढेपछि ३ नम्बर प्रदेश सभाका सांसद डाक्टर रामकुमार अधिकारी, नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीले सोमबार नै सो स्थानको अनुगमन गरेका छन् ।

सडक भासिने र खाल्डा हुने मुख्य कारण पत्ता लगाउन बिशेषज्ञहरु ल्याउनु पर्ने देखिएकाले त्यस्का लागि आंफुले पहल गर्ने नीलकण्ठ नगरपालिकाका उपप्रमुख भण्डारीले धादिङ न्यूज संगको कुराकानीमा वताउनु भयो ।


सडक भासिने क्रम नियन्त्रण गर्ने उपायको खोजी नगरिए आंफुहरुको घर बस्तीनै संकटमा पर्र्ने गाउँलेहरुले वताएका छन् ।

  • तस्बिरहरु – नारायणकुमार श्रेष्ठको फेसबुकबाट