गुम्दी स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिंदै

1884 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 गंगाजमुना – धादिङको गुम्दी स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिने भएको छ ।

जिल्लाको ग्रामिण क्षेत्रका जनतालाई सेवा प्रदान गर्ने उद्धेश्यले धादिङ समाज दक्षिण कोरियाले गुम्दि कल्याणकारी समाजको समन्वय र गंगाजमुना गाउँपालिकाको संरक्षणमा गुम्दी स्वास्थ्य चौकीले संचालन गर्ने गरी एम्बुलेन्स दिन लागेको हो ।

असोज १७ गतेका दिन बिशेष कार्यक्रमका बिच उक्त एम्बुलेन्स समुदायमा हस्तान्तरण गरिने भएको छ । एम्बुलेन्स खरिदका लागि समाजले कोरियामा गत बर्षको छुसक का दिन काभ्रे सम्पर्क समिती दक्षिण कोरिया संग मिलेर आयोजना गरेको रिदम लाईभ सांगीतिक धमाका कार्यक्रम बाट सहयोग संकलन गरेको र अन्य सहयोग रकम तथा खर्चको सम्पूर्ण बिबरण एम्बुलेन्स हस्तान्तरणको समयमा स्वास्थ्य चौकीमा शिलालेख मार्फत सार्वजनिक गरिने  संस्थाका अध्यक्ष सन्तोष अधिकारीले वताउनु भयो ।

असोज १७ गतेका दिन गंगाजमुना गाउंपालिका अन्तरगतको गुम्दि स्वास्थ्य चौकि लाई गंगाजमुना गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीको प्रमुख आतिथ्यमा एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने वताईएको छ ।

धादिंग समाज कोरिया नेपाल जिल्ला प्रशासन कार्यालय धादिङमा गैर सरकारी संस्थाको रुपमा दर्ता भएको छ । संस्थाले यस अघि पनि जिल्लामा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्नुका साथै धादिङबेसी पुछारवजार बसपार्क नजिकै अपाङ्गमैत्री सार्वजनिक शौचालयको पनि निर्माण गरेको थियो ।