किशोरी बिक्री गर्न लैजाने विरुद्ध जाहेरी

697 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /लेखपढ समेत गर्न नजान्ने तीन जना किशोरीहरूलाई बिक्री गर्न लैजान लागेको अवस्थामा उद्दार गरिएका तीन जना किशोरीका अभिभावकले घटनाका आरोपितविरुद्ध ०७० साउन १६ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।
कतारमा राम्रो काममा लगाइ दिउँला भनेर तीन जना युवतीसँग २५-२५ हजार रुपियाँ नगद लिएर राहादनीसमेत नबनाइ बिक्री गर्न खोजेको थाहा पाएपछि साउन १५ गते मोरङ जिल्ला उर्लाबारी निवासी ४३ वर्षीया हिमा दहाल र रसुवा जिल्ला राम्चे गाविस-३ का २७ वर्षीय कामी तामाङलाई प्रहरीले बैरेनीबाट गिरफ्तार गरेको थियो ।
पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् भने युवतीहरूको उद्धारपछि सुरक्षाका लागि जिल्ला स्थित सहयात्री एड्भोकेसी सेन्टरमा राखिएको प्रहरीले जनायो ।
(इन्सेक अनलाइन बाट )