औषधिको राजा पिपलको पात

250 पटक पढिएको

प्रकाशित मिति: २६ आश्विन २०७६, आईतवार ०७:३९

सम्पादक: Dhading News

हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ । हाम्रै घर वरपर उम्रेका बनस्पतिमाहरुमा मनिषलाई मृत्यु सम्म डोर्याउने अनगिन्ति रोगहरुलाई रोकथाम तथा पूर्ण रुपमा निर्मूलन गर्ने क्षमता हुन्छ । हामीले बुझ्न मात्र नसक्या हो नत्र भने हरेक रोग हामी आफैले निको पर्न सक्छौ ।

हाम्रो समाजमा पिपलको पूजा गरिन्छ । धार्मिक विश्वासअनुसार लक्ष्मीको श्रापका कारण विष्णु भगवानले एकपटक वनश्पती बन्नु परेको थियो । जहाँ उनी पिपल बनेर जमिनमा उम्रिएका थिए । तर वैज्ञानिक दृष्टिकोणले पनि पिपलको महत्व कम छैन । यो मात्रै यस्तो बनस्पती हो, जो २४ घण्टा अक्सिजन दिन्छ । पिपलका पातलाई धेरै प्रकारका औषधि बनाउन प्रयोग गरिन्छ ।

यस्तै रोग निर्मूलन गर्ने क्षमता भएको एउटा वोट हो पीपल । पिपलको जरा, बोक्रा र पातको अनगन्ती फाइदाहरु छन् जसमध्ये आज हामी यहाँहरुको माझमा “पिपलको पात” को बिशेषता बारे जानकारी गराउन चहान्छौ । रुघा–खोकीको अचूक औषधि मौसममा आउने बदलाबका कारण हुने सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्नुहोस् ।

पिपलका ५ ओटा पात सफा पानीले पखालेर दुधसँग उमाल्नुहोस् । यसमा चिनी हालेर बिहान र साँझ पिउने गर्नुहोस् । दुई दिनमै तपाईको रुघा–खोकी ठीक हुने छ । दमका रोगीको लागि बूटी  लगातार खोकी रहने (दम) को रोगीका लागि पिपलको रुख एक औषधिको रुपमा काम गर्छ ।

यसका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् । त्यसको चूर्ण बनाएर दम रोगबाट ग्रसित बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रुपमा यस्तो चूर्ण सेवन गरे दम रोग पूर्ण रुपमा निको हुन्छ ।

निमोनियामा राहत निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाउँछन् ।

दाँतका लागि स् बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ । पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दाँतुनको रुपमा प्रयोग गर्नुहोस् । यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकारा पाइन्छ ।

मुटुसम्बन्धी रोगको औषधि  पिपलको पातले मुटुसम्बन्धी रोगबाट बचाउँछ । यसका लागि पीपलको १५ वटा हरियो तथा हेर्दा राम्रो पात लिनुहोस्, कोपिला पात चाई प्रयोग नगर्नुहोस । प्रत्येक पातको माथिको र तलको केहि भाग कट्नुहोस । पातको बिचको भाग मज्जाले सफा पानीमा पखाल्नुहोस । एक गलास पानी एउटा भाडोमा राखेर पखालिएको पातलाई त्यसमा हाल्नुहोस र कम तापक्रम (आगो) मा पाक्न दिनुहोस ।

जब पानी उम्लिएर एक तिहाई हुन्छ, भाडोलाई आगो माथिबाट निकालेर पानी सेलाउन दिनुहोस र सफा कपडामा छानेर चिसो ठाउमा राख्नुहोस । त्यति गरेपछि तपाईको औषधी तयार हुन्छ ।तयार भएको उक्त औषधीलाई तीन खुराक बनाएर प्रत्येक तीन – तीन घण्टामा सेवन गर्नुहोस । हृदयघात ९हार्ट अटैक० को केहि समय पश्चात लगातार पन्ध्र दिन सम्म यसलाई दैनिक सेवन गरेमा हृदय पुनः स्वस्थ बन्छ र हृदयघातको सम्भावना एकदम न्यून हुन्छ । यदि तपाई मध्ये कोहि हृदयघात हृदयघात को बिरामी हुनुहुन्छ भने यो उपचार पद्धती अवस्य अपनाउनुहोस् ।- एजेन्सी



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२६ आश्विन २०७६, आईतवार ०७:३९ मा प्रकाशित

समाचार

सबै

बूढीगण्डकी प्रभावितलाई मुआब्जा निर्धारण न्यायोचित -मन्त्री पुन

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण स्थानीय जनता र जनप्रतिनिधिहरूसँग लामो छलफलपछि मात्रै गरिएको भन्दै पुर्नस्थापना र पुनर्वासमा सघाउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत.....

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा जग्गा अधिग्रहण हुन सकेन

धादिङ- नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी भइरहँदा आवश्यक जग्गा अधिग्रहण हुन सकेको छैन ।.....

मुआव्जामा असहमती राख्दै बूढीगण्डकी प्रभावितहरु आन्दोलनमा

धादिङ, १७ मंसिर-  बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको.....

बूढीगण्डकी आयोजनाको आरुघाट र खहरे वजार क्षेत्रको मुआव्जा निर्धारण

धादिङ- बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको आरुघाट र.....

साङकोष आँगेटारीकी अचेत ‘लक्ष्मी’ बोल्न सक्ने भइन

काठमाडौं– धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा उपचार गराईरहेकी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२,.....

Categories