बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

855 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अमेरिका प्रस्थान गरेका छन्।

आगामी मंसिर १८ र १९ गते (डिसेम्बर ४ र ५ तारिख) मा अमेरिकाको वासिङ्टनमा हुने इन्टरनेसनल डेमोक्रेटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी अमेरिका प्रस्थान गरेका हुन्। त्यस क्रममा उनले पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनमा प्रमुख अतिथिको रुपमा उद्घाटन र सम्बोधन गर्नेछन। यस्तै, अमेरिकाको विभिन्न स्थानमा प्रवासी नेपाली समुदायको आयोजनामा हुने विविध कार्यक्रममा पनि सहभागी हुनेछन्।

अध्यक्ष थापाले आफ्नो अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको राप्रपाले जनाएको छ।