बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

951 पटक पढिएको

प्रकाशित मिति: २ मंसिर २०७६, सोमबार २०:४०

सम्पादक: Dhading News

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयबासीको आन्दोलनलाई जनप्रतिनिधिहरुले समर्थन जनाएका छन् ।

प्रभावित क्षेत्रका बासिन्दाको सहभागितामा गोरखाको आरुघाट घरेलु चौरमा भएको घोषणासभामा जनप्रतिनिधिहरुले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

गोरखा र धादिङका प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुले बजार क्षेत्रको मुआब्जा निर्धारणका लागि मंसिर २ गतेसम्मको अल्टिमेटम दिएका थिए । तर तोकिएको मितिमा आरुघाट, आर्खेत र धादिङको खहरे बजार क्षेत्रको मुआब्जा निर्धारण नभएपछि सोमबार पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिएको आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले बताउनुभयो । आन्दोलनका कार्यक्रमअन्तर्गत मंसिर ५ गते जिल्ला प्रशासन कार्यालय गोरखा र ६ गते जिल्ला प्रशासन कार्यालय धादिङ घेराउ गरिने उहाँले बताउनुभयो ।

यस्तै मंसिर ९ गते बुढीगण्डकी आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाईको कार्यालय घेराउको कार्यक्रम तय भएको दाहालको भनाइ छ ।

यसअघि मंसिर ४ गते प्रभावित दुवै जिल्लाका जनप्रतिनिधि र सरोकार समितिका अध्यक्षसहितको बैठक बस्ने उहाँले बताउनुभयो । मंसिर ५, ६ र ९ गते हुने धर्ना कार्यक्रममा दुवै जिल्लाका संघीय र प्रदेशसभाका सांसदहरु, सरोकार समितिका अध्यक्षहरु, गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष, डुवानमा पर्ने क्षेत्रका वडाध्यक्षसहित राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डे,३ नं. प्रदेश सांसद डा. रामकुमार अधिकारी,पूर्व सांसद चीनकाजी श्रेष्ठ लगायतको सहभागिता सहभागिता रहेको थियो ।

मंसिर ९ गतेसम्ममा पनि बजार क्षेत्रको मुआब्जा निर्धारण नभए मंसिर १० र ११ गते अर्को बैठकले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने सोमबार आरुघाटमा भएको कार्यक्रममा बताइएको छ । दोस्रो चरणका आन्दोलनका कार्यक्रम थप कडा बनाइने दाहालले जानकारी दिनुभयो । पहिलो चरणको आन्दोलन घोषणा कार्यक्रममा ३ नं. प्रदेश सांसद डा.

२०७३ सालको मंसिरमा डुबान क्षेत्रमा पर्ने साविकका १४ वटै गाविसका जग्गाको मुआब्जा निर्धारण गरिए पनि बजार क्षेत्र भएकाले आरुघाट र आर्खेत बजारको भने मुआब्जा निर्धारण गरिएको थिएन । तर बजारक्षेत्रको घरजग्गाको कारोबार भने ४ वर्षदेखि रोक्का राखिएको छ ।आयोजना प्रभावित क्षेत्रका ३८ हजार रोपनी जग्गामा मुआब्जा वितरण भइसकेको छ। जसमा धादिङतर्फ साढे १८ हजार रोपनी र गोरखातर्फ साढे १९ हजार रोपनी जग्गाको मुआब्जा वितरण भइसकेको बुढिगण्डकी जलविद्युत आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुर्नस्थापना इकाईले जानकारी दिएको छ। हालसम्म धादिङ र गोरखाका प्रभावितहरुलाई २३ अर्ब रकम वितरण गरिसकेको छ।

मुआब्जा निर्धारण नभए रोक्का राखिएको जग्गा फकुवा गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । छिटो मुआब्जा निर्धारणका लागि बजार क्षेत्रका प्रभावितले पटक–पटक माग गर्दै आएका छन् ।

चलनचल्तीको व्यापारिक केन्द्रलाई महत्वका साथ सम्बोधन गरी स्थानका आधारमा प्रतिआना ५ लाखदेखि २५ लाखसम्म मुआब्जा तोकिनु पर्ने उनीहरुको माग छ ।

मध्य पहाडी लोकमार्गको केन्द्र, चीनको तिब्बत जाने नेपालको सबैभन्दा छोटो दूरीको मार्ग, चलनचल्तीको मनासलु पर्यटकीय मार्गको प्रस्थान विन्दूसमेत भएकाले मुआब्जा निर्धारणका क्रममा यी विषयलाई पनि विचार गर्न उनीहरुले आग्रह गर्दै आएका छन् ।

कार्यक्रममा धादिङ र गोरखा जिल्लाका ३२ ओटा वडाका जनप्रतिनिधिहरु, प्रभावित क्षेत्रका गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र आयोजना प्रभावितहरुको सहभागिता रहेको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२ मंसिर २०७६, सोमबार २०:४० मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

धादिङ न्यूज डटकमको सम्पादकमा रामचन्द्र रुपाखेती

    धादिङ- धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमको सञ्चालन अब डिन्यूज मिडिया प्रा.लि.ले गर्ने भएको छ । नेत्रावती मिडिया प्रा.लि.बाट अनलाइनको स्वामित्व डिन्यूजमा सरेसंगै कम्पनीले धादिङ.....

बागमती प्रदेशले धादिङ अस्पताललाई ७५ लाख दिने

हेटौंडा, २३ भदौ - कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र.....

नागढुंगा सुरुङमार्ग निर्माण सुरु, १ वर्षमै सुरुङको प्वाल खनिने

धादिङ- सिस्नेखोलादेखि काठमाडौंको थानकोट जोड्ने बुहप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण सुरु भएको छ । सडक.....

बूढीगण्डकी आयोजना प्रभावितहरुले बुझे ३२ अर्ब मुआब्जा

केशव अधिकारी धादिङ । आयोजना कस्ले बनाउने र कुन ढाँचामा बन्ने भन्ने बारेमा टुंगो लाग्न नसकेपनि प्रस्तावित १२ सय.....

धादिङमा निषेधाज्ञा भदाै ९ गतेसम्म थप

 धादिङ ।  कोरोना संक्रमणको महामारी थप फैलन नदिन धादिङमा निषेधाज्ञालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा.....

Categories