लागुऔषध मुद्दामा फरार गल्छीका दुई महिला पक्राउ
468 पटक पढिएको

धादिङ- फरार अभियुक्त पक्राउ अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धादिङले मंसिर २ गते उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला बस्ने ५० बर्षिया सरिता भन्ने दुर्गा तामाङ र गल्छीवजारकी वर्ष ३२ की गंगा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
लागु औषध गाजा चरेश मुद्दामा धादिङ जिल्ला अदालतबाट २०७५ असोज ०९ गते भएको फैसलाले सरिता भन्ने दूर्गा तामाङलाई १ वर्ष कैद र ५ हजार जरिवाना र गंगा श्रेष्ठलाई १ वर्ष ६ महिना कैद र १० हजार जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई मंगलबार धादिङ जिल्ला अदालत समक्ष पेश गरेकोमा तोकिएको कैद भुक्तानको लागी अदालतले आदेश दिएपछि दुवै जनालाई जिल्ला कारागार धादिङ चलान गरिएको छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
३ मंसिर २०७६, मंगलवार २१:०२ मा प्रकाशित