धादिङमा शुक्रवार देखि कृषि पर्यटन व्यापार मेला शुरु

324 पटक पढिएको

प्रकाशित मिति: १४ मंसिर २०७६, शनिबार १०:२८

सम्पादक: Dhading News

 

 

धादिङ- शुक्रवार देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको रायटारमा धादिङ कृषि पर्यटन व्यापार मेला शुरु भएको छ ।

शिखरिणी कृषि तथा पर्यटन सहकारी सस्थाको आयोजनामा भएको महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ । महोत्सवमा घरेलु हस्तकला, कृषिजन्य प्रदर्शनी ब्यापार मेला तथा खानाका स्टलहरु रहेका छन । मेला दुई लाख दर्शकले अवलोकन गर्ने र १७ करोड बराबरको कारोवार हुने अनुमान गरिएको सहकारी संस्थाका अध्यक्ष कल्पना अधिकारीले वताईन ।
पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले शुक्रवार एक कार्यक्रमका बिच मेलाको उद्घाटन गरेका थिए । कल्पना अधिकारीको अध्यक्षतामा सम्पन्न मेला उद्घाटन कार्यक्रमलाई पूर्ब राज्यमन्त्री परशुराम तामाङ, पूर्ब सांसद् रामनाथ अधिकारी , कांग्रेस सभापति रमेश धमाला राप्रपा केन्दीय सदस्य फिलिप तामाङ,ज्वालामुखी गाउँपालिका अध्यक्ष बिनोद तिमिल्सिना, धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रभातकिरण सुवेदी र समाजबादी पार्टीका प्रतिनिधि नन्द प्रसाद काप्री लगायतले सम्वोधन गरेका थिए ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१४ मंसिर २०७६, शनिबार १०:२८ मा प्रकाशित

समाचार

सबै

दार्खा खुकुरी आक्रमणको मुख्य योजनाकार अशोक पक्राउ

खनियावास । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति भएको खुकुरी आक्रमणको मुख्य योजनाकार भएको आरोपमा अशोक तामाङ पक्राउ परेका छन् । स्थानीय स्तरमा गुण्डा नाइके भनेर चिनिएका अशोक तामाङ.....

दार्खामा खुकुरी प्रहारः एकको मृत्यु, एक गम्भिर घाईते

धादिङ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा.....

शोक मनाउन नीलकण्ठ नगरपालिकामा सार्बजनिक बिदा

धादिङ , ११ माघ -  मंगलबार ढोलामण्डलीबाट फर्कदै गरेका सात जनाको दुर्घटनामा परेर ज्यान गएपछि नीलकण्ठ नगरपालिकाले.....

युरुङ तामाङको हत्यामा संलग्न बेनिघाटका झ्याप्ले पक्राउ

 धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ का २५ वर्षीय झ्याप्ले भनिने कमल विक हत्या अभियोगमा पक्राउ परेका छन्.....

मैदीभन्ज्याङ मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या सात

मंगलबार धादिङको मैदीभन्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।दुर्घटनामा ३७ जना.....

Categories