नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा जग्गा अधिग्रहण हुन सकेन

443 पटक पढिएको

प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार २०:५५

सम्पादक: Dhading News

धादिङ- नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी भइरहँदा आवश्यक जग्गा अधिग्रहण हुन सकेको छैन । निर्माणाधीन सुरुङमार्गको धादिङतर्फको जग्गामा व्यक्तिको स्वामित्व पत्र नहुँदा अधिग्रहण गर्न नसकिएको हो । धादिङको धुनिबेँशी नगरपालिकामा झण्डै २५ रोपनी जग्गा अधिग्रहण गर्न समस्या रहेको सडक विभाग, विकास समन्वय कार्यन्वयन महाशाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।

उनका अनुसार सुरुङमार्ग निर्माणस्थलमा जग्गाको पूर्जा भएका व्यक्ति मुआब्जा लिइरहेका छन् भने पूर्जा नभएको जग्गामा समस्या देखिएको छ । झण्डै २० व्यक्तिले आफ्नो जग्गा भनी दाबी गरेपनि उनीहरुसँग प्रमाण नभएको उनले बताए । उनले भने, “जग्गाको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर हामी नियमित छलफलमा छौँ ।” जग्गाको अधिग्रहण गर्न बाँकी रहेका बाहेक सुरुङमार्ग निर्माणमा अरु किसिमको अवरोध नभएको प्रमुख थापाले बताए । निर्माणका लागि तोकिएको अवधि ४२ महिनामा जग्गा खाली गराउनेदेखि निर्माण सम्पन्न भइसक्ने उनको दाबी छ । त्यससँगै बलम्बुमा ‘फ्लाई ओभर’ निर्माण गर्नका लागि जग्गा अधिग्रहण गर्न बाँकी रहेको बताइएको छ ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको गत चार कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गरेका थिए । झण्डै डेढ दशक पहिले कल्पना गरिएको भए पनि आर्थिक व्यवस्थापनलगायतका कारणले सुरुङमार्ग निर्माणको योजना बन्न सकेको थिएन । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले आर्थिक र प्राविधिक सहयोग गर्ने भएसँगै सरकारसँग गत महिना निर्माण सम्झौता भएको थियो । गत महिना सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनबीच सुरुङमार्ग निर्माणका लागि सम्झौता भएको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१८ मंसिर २०७६, बुधबार २०:५५ मा प्रकाशित

समाचार

सबै

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा.....

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस.....

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी.....

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन.....

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ ।.....

Categories