सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

239 पटक पढिएको

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहीबार १५:२५

सम्पादक: Dhading News

 

 

धादिङ, २६ मंसिर – सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् घाईते मध्ये गम्भिर अबस्थाका २ जनालाई हेलिकप्टर मार्फत र अन्य ७ जनालाई एम्बुलेन्स मार्फत काठमाण्डौं लगिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका योगेश्वर अर्याल र उहाँको श्रीमती कृष्णमाया अर्याललाई मनाङ एयरको 9N-AMV हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको हो ।

सदरमुकाम धादिङबेसीबाट ढोला तर्फ गईरहेको बा. २० च ७२५६ नम्बरको बोलेरो जिप विहिवार विहान १० वजे तिर ज्वालामुखी गाउँ पालिका वडा नं. ४ सुनखानीमा दुर्घटना भएको हो । घाइतेहरुलाई थप उपचारको लागि ट्रमा सेन्टर लगिएको हो । यस्तै गम्भीर घाईते भएकामध्ये ७ जनालाई एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ लगिएको छ । दुर्घटनाको खबर आउनासाथ सदरमुकाम धादिङबेसीबाट रेडक्रसकर्मी, स्वयंसेवक टोली घटनास्थल गएको थियो ।


दुर्घटना परि घाईते हुनेहरुमा योगेश्वर अर्याल, कृष्णमाया अर्याल,राधिका अर्याल,सुमन श्रेष्ठ, निकबहादुर बस्नेत, भोजबहादुर अर्याल, रामबहादुर अर्याल, दिपक श्रेष्ठ, मिथुन रम्तेल, सरोज अर्यालका साथै भारतीय नागरिक नहिन, अम्दिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटना हुनाको कारण अनुसन्धान भईरहेको धादिङका प्रहरी प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२६ मंसिर २०७६, बिहीबार १५:२५ मा प्रकाशित

समाचार

सबै

मौसममा विस्तारै सुधार हुँदै

धादिङ । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम शनिबारबाट विस्तारै सुधार हुँदै जान थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव.....

मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय.....

Two held with illegal drugs in Dhading

Two persons have been arrested in possession of a huge cache of banned pharmaceutical drugs from Gajuri of Dhading district, on Friday, police said. Police intercepted a bus (Na 6 Kha 1760) heading to Lamjung from Kathmandu at Gajuribazaar along Prithvi highway and arrested Hemanta Gurung, 19, of.....

दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली.....

सल्यानटारमा रंगशाला र गल्छी ६ मा वडा कार्यालय निर्माण गरिने

 धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारको असिन फाँटमा रंगशाला निर्माण गरिने भएको छ ।.....

Categories