धादिङका स्थानीय तहको प्रशासनिक वर्गीकरण तीन वर्गमा

1749 पटक पढिएको

प्रकाशित मिति: ११ पुष २०७६, शुक्रबार ०६:४८

सम्पादक: धादिङ न्यूज

धादिङ – सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो ।

देशभरका स्थानीय तहलाई चार वर्गमा बाँडिएको भएपनि धादिङमा भने घ वर्गमा कुनै पनि स्थानीय तह परेका छैनन । अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यम ग र सुगमलाई घ वर्गमा राखिएको छ ।

विभिन्न सूचकलाई आधार मानेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार धादिङका १३ स्थानीय तह मध्ये ३ वटा क मा ३ वटा ख मा र ७ वटा स्थानीय तहलाई ग मा वर्गिकरण गरिएको छ ।

प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएअनुसार धादिङको रुवीभ्याली, खनियबास र गंंगाजमुना गाउँपालिका क वर्गमा(अति नै दुर्गम), ज्वालामुखी,त्रिपुरासुन्दरी र नेत्रावती डवजङ ख वर्गमा( दुर्गम) र नीलकण्ठ र धुनिबेसी नगरपालिकाका साथै थांक्रे, गल्छी,गजुरी,वनिघाटरोराङ र सिद्धलेक गाउँपालिका ग वर्गमा ( मध्यम) परेका छन । धादिङका कुनै पनि स्थानीय तह सुगममा परेका छैनन ।

स्थानीय तहको यातायातको सुविधा, प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चारको सेवा, विद्युत सेवाको पहुँच र नियमितता, मानव विकास सूचकांक, भौगोलिक अवस्थिति र स्थानीय तहको स्तरलाई आधार मानेर विवरण तयार पारेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स्थानीय तह कार्यान्वयनमा आएपछि नाम, सीमा, संरचना हेरफेर भएकाले नयाँ वर्गीकरण गर्न लागिएको हो ।

अझै पनि बाटो, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधार सबै स्थानीय तहमा समान छैन । भौगोलिक अवस्था पनि एकनासको छैन । यी सबै विषयलाई ध्यानमा राखेर प्रशासनिक वर्गीकरण गर्न लागिएको हो ।

पूर्वाधार तथा सामाजिक विकासको अवस्थाको आधारमा स्थानीय तहको वर्गीकरण गरी विकासका प्राथमिकता आँकलन गर्न तथा स्थानीय तहमा खटिने कर्मचारीको सेवा सुविधा र वृत्ति विकासलाई वस्तुगत बनाउन मन्त्रालयबाट सूचकको विकास गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

साथै वर्गीकरणले कर्मचारी व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र वृत्ति विकास, पूर्वाधार तथा सामाजिक विकासका प्राथमिकता तय गर्न समेत उपयोगी हुने उल्लेख छ । मन्त्रालयले केही दिनमा नै अन्तिम सूची तयार गरी सार्वजनिक गर्ने  तयारी गरेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

११ पुष २०७६, शुक्रबार ०६:४८ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

शंकास्पद गतिविधिको आशंकामा गल्छीका सुमन चितवनमा पक्राउ

चितवन । धादिङको गल्छी गाउँपालिका वडा नं १ घर भई चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने सम्राट भनिने २४ वर्षीय सुमन श्रेष्ठ पक्राउ परेका छन् । विप्लव नेत्तृत्वको नेकपा निकट रहेको अखिल (क्रान्तिकारी).....

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो १७४ अधिकृत स्तरका कर्मचारी

धादिङ-वाग्मती प्रदेशमा रहेका १३ जिल्लाका विभिन्न स्थानीय तहका लागि वागमती प्रदेश लोक सेवा आयोगले १७४.....

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

काठमाडौं- निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता.....

प्रहरीबाट वेनिघाटरोराङमा अफिम खेती फँडानी

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं १ स्थित विभिन्न गाउँमा लगाईएको प्रतिवन्धित अफिम खेती.....

माघ १४ गते देखि ७७ जिल्लाबाट एकसाथ कोरोना खोप अभियान शुरु गरिने

धादिङ-नेपालमा कोरोना खोप यही माघ १४ गतेदेखि लगाउन शुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका.....

Categories