साहारा महिला बचत तथा ऋण सहकारी संस्थाको चौधौं स्थापना दिवस

754 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङवेसी/धादिङवेसीमा रहेको साहारा महिला बचत तथा ऋण सहकार संस्था लिमिटेडले आफ्नो चौधौं स्थापना दिवस मनाएको छ । संस्थाको कार्यालयमा भएको स्थापना दिवसका अवसरमा संस्थाले अहिलेसम्म गर्दै आएको कार्यहरुका विषयमा छलफल गरिएको थियो । संस्थाका अध्यक्ष पार्वती खाँण चाम्लीङ राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका संस्थापक र वर्तमान सदस्यहरुको सहभागिता रहेको थियो । २०५४ साल श्रावण ९ गते स्थापना भएको साहारा महिला बचत तथा ऋण सहकारी संस्थाले शुरुमा ३९ जना सदस्यबाट सेवा शुरु गरेको थियो । आर्थिक बर्ष २०६९÷०७० सम्ममा संस्थाको जम्मा शेयर पुजी ४६ लाख ६३ हजार १ सय रुपैँया रहेको छ भने जम्मा आम्दानी ५२ लाख ९२ हजार ५ सय ३१ रुपैँया रहेको  छ । त्यसैगरी संस्थाले ३ करोड ८९ लाख ३२ हजार ७ सय ९० रुपैँया ऋण लगानी गरेको छ भने ४५ लाख ९७ हजार ७१ रुपैँया संस्थाको खर्च रहेको कार्यक्रममा बताइएको छ । १ हजार ७ सय १४ जना शेयर सदस्य तथा ४ सय ८७ बाल बचत रहेका सहकारी संस्थाले ६ लाख ९५ हजार ४ सय ६० नाफा आर्जन गरेको कार्यक्रममा बताइएको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई नेतृत्व विकास, उद्यमशिलता तालिम, लेखा सम्बन्धी तालिम लगायतका तालिमहरु सञ्चालन गर्दै आएको छ । स्थापना दिवस कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पार्वती खांड चाम्लीङ राईले सहकारी संस्थाले कृषि, व्यापार, व्यवसाय, शैक्षिक क्षेत्र, बैदेशिक रोजगारी लागयतका क्षेत्रमा लगानी गर्दै आएको जानकारी गराउनुभयो ।