धुँवाकोटमा कृषि मेला तथा गोरु जुधाई हुने

2328 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज समाचारदाता 
धुँवाकोट । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ भंगेरी स्थान  धुँवाकोटमा यस बर्षको माघे सक्रान्तिको दिन कृषि मेला तथा गोरु जुधाई हुने भएको छ । धुँवाकोट सांस्कृतिक संरक्षण एवम पर्यटन प्रबद्र्धन र भगेरी युवा क्लब धुँवाकोटको सयुक्त आयोजनामा यो बर्ष कृषि मेला तथा गोरु जुधाई कार्यक्रम सञ्चालन हुन लागेको आयोजकले जनाएको छ ।

पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्न आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ माघ १ गते हुने गोरु जुधाई कार्यक्रममा सहभागी गराउन अहिले सम्म स्थानीय किसानहरुले  प्रतिस्पर्धाको लागि गोरु दर्ता गरिसकेको कृष्ण श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतियोगितात्मक रुपमा आयोजना हुने गोरु जुधाई कार्यक्रममा प्रथम हुने गोरुधनीलाई रु ७ हजार र द्धितिय हुने गोरुधनीलाई रु ५ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । कार्यक्रमलाई आकर्षक बनाउन राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति समेत रहने भएको छ । धादिङ, नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानमा हरेक वर्ष माघे संक्रान्तिका दिन महोत्सवको रुपमा गोरु जुधाउने मेला हुंदै आएको छ ।बर्षौ देखि मनोरन्जनका लागि हुंदै आईरहेको गोरु जुधाईलाई केही बर्ष देखि मेलाको रुपमा मनाउन थालिएको छ ।

  • नुवाकोट तारुकाको गोरु जुधाई फाईल तस्बिर