धादिङमा मनाईयो पाँचौं योग दिवस

1530 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १ माघ – धादिङमा पाँचौं राष्ट्रिय योग दिवस मनाइयो ।
जिल्ला आयु्र्वेद स्वास्थ्य केन्द्रको आयोजनामा जिल्ला कारागारका कैदी बन्दीहरुका लागि योग शिविरको आयोजना गरि योगदिवस मनाइएको हो ।

योग शिविरमा जिल्ला कारागारमा रहेका ७० जना कैदी बन्दीको सहभागिता रहेको थियो । कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख गोकुल पराजुलीले योगाभ्यास गराउनु भएको थियो ।

स्वस्थ जीवनका लागी योग गर्नुपर्ने योग प्रशिक्षक पराजुलीको भनाई छ । पछिल्लो समयमा जिल्लामा योग गर्नेहरुको संख्या गुणत्मक तरिकाले बृद्धि हुंदै गएको छ । योग दिवसकै अवसर पारेर लायन्स क्लव मलेखु र पतन्जली योग मलेखु साधना केन्द्रले पनि मलेखुमा योग दिवस मनाएको छ । केन्द्रले मलेखुमा रहेको भद्रकाली जेष्ठ नागरिक आश्रममा गएको ६ महिना देखि नियमित रुपमा योग शिविर सञ्चालन गरिरहेको छ ।