ढोलामण्डलीबाट फर्कदै गरेको आईचर पल्टिंदा ७ जनाको मृत्यु

1776 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ , १० माघ – धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर मा रहेको ४ ढोलामण्डलीमा पुजा गरेर भोज खाई फर्किदै गरेका गाउँलेहरु चढेको आईचर ट्रक दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।

मंगलबार मन्दिरबाट पुजापाठ सकेर भोज खाई फर्किदै गरेका नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुलेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक मंगलबार दिउँसो ४ वजे तिर सडकमै पल्टिंदा चार जनाको घटनास्थलमा र ३ जनाको धादिङ अस्पतालमा उपचारका क्रममा मृत्यृ भएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ज्वालामुखी गाउँपालिका ४ मा रहेको मन्दिरबाट धादिङबेसी फर्किदै गरेको आईचर ट्रक निलकण्ठ नगरपालिका ९ मैदीभञ्ज्याङमा अनियन्त्रित भई सडकमै पल्टिएको हो । ट्रकमा ४० जना भन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । दर्जनौ यात्रुसँगै चालक गम्भीर घाइते छन्। घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइराखेको छ ।

हरेक साताको मंगलबार ढोलामण्डलीमा पाठी भाकल पुजा हुने गर्दछ । महिला जान नहुने र पाठी मात्रै बली लाग्ने ढोलामण्डलीमा बली चढाएको मासु मन्दिर क्षेत्रमै खाएर फर्कनु पर्ने मान्यता रहेको छ । पुजा गर्न भन्द्यै प्रत्येक हप्ता सयौं मान्छे ढोलामण्डली पुग्ने गर्दछन् । पछिल्लो समय मण्डलीमा मदिरा सेवनका लागि जानेहरुको संख्या निकै बढ्दै गएको स्थानीयहरु बताउँछन ।