दार्खा खुकुरी आक्रमणको मुख्य योजनाकार अशोक पक्राउ

2875 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

खनियावास । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति भएको खुकुरी आक्रमणको मुख्य योजनाकार भएको आरोपमा अशोक तामाङ पक्राउ परेका छन् ।

स्थानीय स्तरमा गुण्डा नाइके भनेर चिनिएका अशोक तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ । गतराती करिब ११ बजे दार्खाकी स्थानीय तानमाया तामाङको घरमा छिरेर दुई जनामाथि खुकुरी प्रहार भएको थियो ।

स्थानीयहरुले अशोकको निर्देशनमा खुकुरी प्रहार भएको सूचना दिएपछि अशोकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

खुकुरी प्रहारमा प्रत्यक्ष संलग्न रहेको आशंकामा नेत्रावती डबजोङका राम तामाङ र रोशन तामाङलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

घटनाको अनुसन्धानको लागि भन्दै प्रहरीले केही स्थानीय साथै पीडित र पीडक दुबै पक्षका केही मानिसहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

गएराति भएको खुकुरी प्रहारबाट सान्त तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भिर अवस्थामा काठमाडौँस्थित ग्रीन सिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

घटनाका मुख्य योजनाकार भनिएका अशोक तामाङ खनियावास क्षेत्रमा गुण्डागर्दी गर्दै आइरहेका पेसेवर गुण्डा नाइकेका रुपमा परिचित छन् । उनि यस अघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहि पक्राउ पर्दै आएका छन् ।

दार्खा घटना संग सम्वन्धित समाचार पढ्नुहोस