सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

1815 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।

सामाजिक कार्यमा समर्पित रहँदै आएको लायन्स क्लब अफ नेपाल हाईलाईटको संयोजनमा रुमाहेदि फाउण्डेशन नेपाल र स्टिचिङ प्रोजेक्शन नेपालको सहयोगमा बुधवार बिद्यालयमा खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक होम प्रसाद सिटौलाको अध्यक्षतामा लायन्स क्लब अफ नेपाल हाईलाईटका ईश्वर भण्डारीले खेलाडी बिद्यार्थीका लागि जर्सी, जुत्ताका साथै भलिवल, भलिवल नेट ज्याभलिन लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । संस्थाले यस अघि पनि जिल्लाका विकटका बिद्यालयहरुमा पुगेर शैक्षिक तथा खेलकुद समाग्री, गरिव तथा विपन्नहरुलाई खाद्यान्न एवम लत्ता कपडाहरु बितरण गर्दै आईरहेको छ ।