धादिङ जिल्लामा शनिवार दिउँसो ११ वजे देखि २ वजे सम्म बिजुली नहुने

2389 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– धादिङ जिल्लाको अधिकांश स्थानमा शनिवार दिउँसो ११ वजे देखि २ वजे सम्म बिजुली नहुने भएको छ ।

नेपाल बिद्युत्त प्राधिकरण धादिङ वितरण केन्द्रले एक सूचना जारी गर्दै धादिङबेसी, जहरे, र सल्यानटार सव स्टेशनबाट वितरण गरिएको बिद्युत्त सेवा अवरुद्ध हुने जानकारी गराएको हो । शुक्रवार दिउँसो १ वज देखि ४ वजे सम्म पनि जिल्लाभरको बिद्यु्त्त सेवा अवरुद्ध भएको थियो ।

देविघाट बाट प्रशारण भएको ३३ केभी प्रशारण लाइन नजिक ग्रिड सोलार इफिसिन्यसी आयोजनाको मर्मत कार्य जारी रहेकाले बिद्यु्रत्त सेवा अवरुद्ध गरेर मर्मत गर्नु परेको वितरण केन्द्रले जनाएको छ ।