वागमती प्रदेश सरकारले स्थानिय तहमा सहयोग रकम पठाउने

895 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हेटौंडा – बागमती प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका सबै स्थानीय तहलाई कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका लागि सहयोग गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका एक सय १९ वटै स्थानीय तहलाई सहयोग गर्न कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गरेको छ । बैठकले कार्यविधि स्वीकृत गरेसँगै सहयोगका लागि बाटो खुलेको हो । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकमा सबै मन्त्रीहरुको उपस्थिति रहेको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका एक सय १९ वटै स्थानीय तहलाई सहयोग गर्न कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गरेको छ ।
मन्त्री परिषदबाट कार्यविधि स्वीकृत भएसङ्गै स्थानीय बिपद व्यबस्थापन समितिलाई सहयोग गर्ने बाटो समेत खुलेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । आईतवार नै बसेको बिपद व्यबस्थापन निर्देशक समितिको बैठकले स्थानीय तथा जिल्लागत रुपमा बनेका  बिपद ब्यबस्थापन समितिलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले महानगरका समितिलाई २० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख र गाउँपालिकालाई १० रुपैयाँ दिने निर्णय गरेको छ । जिल्ला समन्वय समितिमा बनेको समितिलाई ५ लाख दिने निर्णय गरेको छ । सो रकम कोरोना सङ्क्रमण रोकथाम एबम उपचार, आइसोलेसन तथा क्वारेन्टाइन निर्माण,मेडिकल सामग्री खरीद, बिपन्न परिवारलाई राहतका लागि प्रयोग गर्न सक्ने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।