नेपाल भ्रमण वर्ष औपचारिक रुपमा स्थगित

210 पटक पढिएको

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार १०:५६

सम्पादक: Dhading News

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

यसअघि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय भएको थियो । भ्रमण वर्ष स्थगन भएसँगै केशरमहलस्थित भ्रमण वर्ष सचिवालय पनि विसं २०७७ वैशाख १ गतेबाट विघटन गरिने सचिव अधिकारीले बताए । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानका रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको थियो । भ्रमण वर्षको सन् २०२० जनवरी एकमा एक भव्य समारोहकाबीच दशरथ रङ्गशालामा राष्ट्रति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन् ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि त्यसको प्रभाव पर्ने भएकाले भ्रमण वर्ष प्रवद्र्धनात्मक कार्यक्रम स्थगित गरिएको हो । हाल नेपालमा कोभिडका पाँच जनामा सङ्क्रमण पुष्टि भएकोमा एक जना उपचारपछि घर फर्किसकेका छन् । सरकारले कोभिडको संक्रमण फैलन नदिन वैशाख ११ गतेदेखि दुई साताका लागि देशभर लकडाउन गरेको छ । वैशाखको पहिलो सातासम्म मुलुकमा हुने सबै आन्तरिक र अन्तर्रा्ष्ट्रिय उडान बन्द गरेको छ ।

कोभिडको विश्व अर्थतन्त्रमा प्रभाव परेको छ । नेपालको पर्यटनलगायत अन्य आर्थिक क्षेत्रमा नराम्ररी असर पुगेको व्यवसायीले बताएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए । त्यस्तै सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१९ चैत्र २०७६, बुधबार १०:५६ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

बूढीगण्डकीआयोजनाको कारण मध्यपहाडी लोकमार्ग निर्माणमा अलमल

- केशव अधिकारी कटुन्जे -धादिङ । प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी नटुंगिएका कारण मध्यपहाडी लोकमार्गको धादिङ जिल्लाको खण्ड निर्माण कार्य रोकिन पुगेको छ । बूढीगण्डकी.....

नीलकण्ठ बहुमुखी क्याम्पसको दोश्रो क्याम्पस सभा सम्पन्न

धादिङ, १३ मंसिर - निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको दोश्रो क्याम्पस सभा मंसिर १३ गते शनिबार धादिङबेसीमा.....

नीलकण्ठ क्याम्पसको अध्यक्षमा शम्भुकुमार श्रेष्ठ चयन

धादिङबेसी । धादिङ जिल्लाको पहिलो सामुदायिक क्याम्पस निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको सञ्चालक समिति.....

आइसोलेसन बाट निर्मलाको सुझाव – कोरोना लाई सामान्य नठानौं

- निर्मला अधिकारी  दशै भर्खर सकिएको थियो  l अफिस खुलेर काम सुरु भईसकेको थियो l मैले काम गर्ने कम्पनी औषधीको.....

उपाध्यक्ष कँडेलद्धारा धादिङका राष्ट्रिय गौरव आयोजनाको अनुगमन

केशव अधिकारी धादिङ,१२ मंसिर -  धादिङ जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अन्य योजनाहरुको राष्ट्रिय.....

Categories