एसईईको मिति तोकिएको भ्रम फैलाउनेलाई कारवाही हुने

1008 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं- प्रविधिको दुरुपयोग गरि सामाजिक सञ्जाल मार्फत भ्रामक हल्ला फैलाएको भन्दै त्यसमा संलग्न व्यक्तिको पहिचान गरि कारवाही गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११, १२ को परीक्षा मिति तोकिएको भन्दै बुधवार बिहान देखि सामाजिक सञ्जालमा भाईरल भएको सूचना भ्रामक रहेको र परीक्षाको नयाँ मिति नतोकिएको पनि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

सामाजिक सञ्जालमा १०, ११ र १२ कक्षाको परीक्षाको मिति तोकिएको भन्दै फेक विज्ञप्ति भाइरल भएपछि कार्यालयले परीक्षाको मिति नतोकिएको जनाएको छ ।

‘परीक्षाको मिति तोकिएको छैन,’ परीक्षा नियन्त्रक रामराज खकुरेलले भन्नुभयो , ‘परीक्षाको भ्रामक विज्ञप्ति निकाल्नेलाई कानून बमोजिम कारबाही हुन्छ ।’

गत चैत ६ गतेकबाट सुरु हुने भनिएको एसईई परीक्षा कोरोना भाइरसका कारण स्थगित गरिएको छ ।