आठ महिनामा एक लाख नेपाली मलेसियामा

682 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीको पहिलो रोजाईमा मलेसिया परेको छ । न्यूनतम तलबमा भएको वृद्धि र खाडी मुलुक भन्दा खुल्ला भएकोले मलेसिया नेपालीको पहिलो रोजाईमा परेको  हो ।
अर्थमन्त्रालयले शुक्रवार जारी गरेको आर्थिक सर्वेक्षणमा मलेसियामा सबैभन्दा बढी नेपाली गएका छन् । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १ लाख २ हजार २ सय ४० जना नेपाली कामका लागि मलेसिया गएका छन् । मलेसिया सरकारले सन् २०१३को जनवरीबाट न्यूनतम तलब बढाउने घोषणा गरेको थियो । यो वाहेक मलेसियाले लिने लेभी समेत कटौती छ ।
मलेसिया जाने नेपालीले न्यूनतम मासिक २५ हजार रुपैयाँ कमाउँछन् । मलेसियापछि सबैभन्दा बढी कामका लागि गएको मुलुकमा साउदी अरब छ । साउदी अरबमा यो अवधिमा ६० हजार ८ सय ५९ जना नेपाली कामका लागि गएका छन् ।विदेश कामका लागि जाने मुलुकमा कतार तेस्रो रोजाईमा परेको छ । कतारमा ५५ हजार २ सय २१ जना नेपाली कामका लागि गएका छन् । स्वदेशमा रोजगारी नभएपछि अहिले दैनिक औसतमा १५ सय नेपाली वैधानिक बाटो हुँदै विदेश जाने गरेका छन् । युएई नेपालीको श्रम गन्तब्यमा चौथो रोजाईमा परको छ । युएईमा ३८ हजार ८५ जना नेपाली आठ महिनाको अवधिमा गएका छन् ।