ह्‍वासिन सिमेन्टमा निर्माण सामग्री अभाव

803 पटक पढिएको

प्रकाशित मिति: ११ बैशाख २०७७, बिहीबार ०८:४७

सम्पादक: Dhading News

धादिङ – धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेण्ट उद्योगमा निर्माण सामग्री अभाव भएको छ।

लकडाउनको कारण उद्योगका लागि चाहिने निर्माण सामग्री उपलब्‍ध हुन छाडेपछि अभाव शुरु भएको हो। नेपाल र चीन सरकारबीच सम्झौता भई चिनियाँ र नेपालीको संयुक्त लगानीमा निर्माण हुन लागेको ह्वासिन नारायणी सिमेण्ट उद्योग १५ अर्ब लगानीमा निर्माण सुरु भएको हो।

नेपालकै ठूलो सिमेन्ट उद्योगका रुपमा चर्चा हुँदै आएको ह्वासिन सिमेण्ट उद्योगको ०७५ फागुन १७ मा शिलान्याश भएको थियो। उद्योगले २०७७ वैशाखबाट उत्पादन शुरु गर्ने लक्ष्य राखेर काम थाले पनि २०७६ असार २९ गते आएको बाढीले उद्योग क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले क्षति भएको संरचना पूर्वास्थामा फर्काउन करिब ४ महिना लागेको उद्योगले जनाएको छ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको चैत ११ देखिको लकडाउनका कारण काम गर्ने मजदुरसमेत अभाव भएको ह्वासिन सिमेन्ट उद्योगका आन्तरिक मामिला तथा व्यवस्थापन विभागका प्रवन्धक डिल्लीराज पोख्रेलले बताए।

 चिनियाँहरूको लगानी भएकाले उद्योगको निर्माण ठेकेदार पनि चीनियाँ नागरिक नै छन्। अहिले दुईवटा ठेकेदार कम्पनीले काम गरिरहेका छन्। चिनियाँहरू नयाँ वर्ष मनाउन चीन गएकै वेला कोरोना भाइरस संक्रमण देखिएपछि चिनियाँ मजदुर आउन पाएनन्। नेपालमा पनि कोरोना संक्रमण फैलन नदिन लकडाउन भएपछि १०० जनाको हाराहारीमा नेपाली मजदुर घर फर्किएका छन्। अहिले उद्योगमा १७५ जना नेपाली मजदुर र २२५ जना चिनियाँ मजदुरले सुरक्षा सतर्कताका साथ काम गरिरहेको पोखरेलले जानकारी दिए।

लकडाउनअघि उद्योग निर्माणस्थलमा २ सय ७० जना चिनियाँ र ३ सय ५० जना नेपाली कामदार गरी ६ सय २० जना कामदार तीन सिफ्टमा कार्यरत थिए। कोराना भाइरसको संक्रमण रोक्न सतर्कता अपनाएर निर्माण कार्य जारी राख्‍न स्थानीय प्रशासनले दिएको निर्देशनअनुसार ‘मजदुर उद्योग क्षेत्रबाट बाहिर निस्कन नदिई काममा जानुअघि र कामबाट फर्केपछि स्वास्थ्य परीक्षण गर्ने व्यवस्था’ मिलाएको पनि पोखरेलले बताए।

अहिले सडक निर्माण, सिभिल, वल्डीङको काम भइरहेको छ। स्थानीय बजारमा पाउने निर्माण सामग्री सकिएकाले अब बाहिरी जिल्लाबाट ल्याउनुपर्ने भएपछि काम रोकिने अवस्था आएको पोखरेल बताउँछन्।

विद्युत ट्रान्समिसन लाइनको वातावरणीय प्रभाव मूल्यांकनको काम पनि रोकिएको छ। त्यसका लागि धेरै अघिदेखि काम सुरु भए पनि पूरा भएको थिएन। चीनमा एक सय १४ वर्ष देखि सञ्चालनमा रहेको ह्वासिन सिमेन्टको एक सय ५० उद्योग रहेको छन्। नेपालमा सन् २०२० बाट उत्पादन शुरु गर्ने लक्ष्य राखेको कम्पनीले दैनिक तीन हजार मेट्रिकटन उत्पादन गर्ने लक्ष्य राखेको छ। १४ अर्ब लगानी निर्माण हुने सिमेन्ट उद्योग वातावरणमैत्री हुने कम्पनीले जनाएको छ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

११ बैशाख २०७७, बिहीबार ०८:४७ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

सानाकिसान सहकारी संस्था लि. गोगनपानीमा तालाबन्दि, सञ्चालक समितिद्धारा प्रेस विज्ञप्ति मार्फत छलफल गर्न आह्वान

थाक्रे, ७ असोज सानाकिसा सहकारी संस्था लि. गोगनपानीमा सहकारीका केही शेयर सदस्यहरुले संस्थामा विगत लामो समयदेखी कार्यरत कर्मचारीहरुले किर्तेरुपमा किसानहरुको नामबाट रिण प्रभाहगरी आफुखुसी रु.६७ लाख ५० हजार.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

युवाहरुको सवालका सन्दर्भमा युवा अन्तर संवाद कार्यक्रम सम्पन्न

५ असोज, महादेववेशी, ४१ औं सामाजिक सेवा दिवसको अवसरमा थाक्रे गाउँपालिका, महादेववेशीमा सामाजिक क्षेत्र, राष्ट्रिय.....

मापदण्ड विपरित चलेका पाँच क्रसर उद्योग बन्द

नुवाकोट- नुवाकोट जिल्लामा  मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु जिल्ला प्रशासन कार्यालयले बन्द.....

Categories