फलिरहेको गोलभेँडा जोतेर बारीमा मकै छर्न थाले किसानले

599 पटक पढिएको

प्रकाशित मिति: १४ बैशाख २०७७, आईतवार १९:१०

सम्पादक: Dhading News

धादिङ । लकडाउनका कारण गोलभेँडा बेच्न नसकेपछि धादिङ गल्छी गाउँपालिकाका किसानले फलिरहेको गोलभेँडा जोतेर बारीमा मकै छर्न थालेका छन् ।

बजारको अभावले गोलभेडा बिक्री हुन छाडेपछि फलिरहेको बोटसहित जोतेर मकै रोप्न थालेको गल्छी गाउँपालिका कल्लेरीटारका कृषक रामकृष्ण खतिवडाले बताए । एकपटक पनि नबेची गोलभेडा लगाएको ठाउँमा ट्रयाक्टर लगाएर मकै रोपेको उनले बताए । गोलभेँडामात्रै होइन, बन्दा पनि नबिकेपछि भैँसीलाई खुवाएको उनी बताउँछन् ।

एक रोपनी जग्गामा लगाएको वर्णशंकर जातको गोलभेँडा चैत अन्तिम हप्ताबाट वैशाख तेस्रो हप्तासम्म टिपेर ८० हजार जति कमाई गर्ने आशा बोकेका सोही स्थानका वासुदेव खतिवडाको आशा कोरोना सन्त्रासको कारण निराशामा बदलिएको हो । २० हजार लगानी गरेर गोलभेँडा रोपेका उनले बजारमा व्यापारीले नकिन्ने भनेपछि जोतेर मकै रोप्नु परेको बताए ।

सोही ठाउँका सुव्वा श्रेष्ठले पनि २० हजारभन्दा बढी लगानी गरेर गोलभेँडा खेती गरेकोमा बेच्न नपाएको बताउँछन् । डेढ रोपनीमा गोलभेँडा खेती गरेका बलराम खतिवडाले जम्मा २० केजीमात्र गालभेडा बेचर बारी जोतेर मकै रोपेको बताउँछन् । स्थानीय जातको गोलभेँडा खेती गरेको र श्रम आफैँले गरेकाले सात हजारमात्र लगानी परेको उनको भनाइ छ ।

यहाँका प्रायः सबै परिवारले आफ्नो खेतबारीमा लगाएको तरकारी बेच्नै नपाई अहिले खनजोत गरिरहेका छन् । गोलभेँडासहित अन्य तरकारी बाली मासेर मकै रोप्न थालेको कल्लेरीटारका अर्का किसान रामबहादुर कार्कीले बताए ।

गल्छी गाँउपालिका वडा नं ७ डल्टारका कृषक उत्तम धितालले गत वर्षको तुलनामा यो वर्ष एक तिहाई मूल्यमा पनि बिक्न गाह्रो परेको बताए । धितालले काँक्रो बेच्न नपाएपछि त्यत्तिकै खेर फाल्नुभन्दा काठमाडौँबाट पैदल यात्रा गरेर घर फर्केकाहरुलाई वितरण गरेको सुनाए ।

गतवर्ष ४५ देखि ५० रुपैयाँ प्रतिकेजीसम्ममा बिकेको काँक्रो अहिले १२ रुपैयाँसम्म र गत वर्ष ३५ देखि ४० रुपैयाँमा विकेको गोलभेँडा १५ रुपैयाँसम्म मुस्किलले बिकेको उनी बताउँछन् । बिक्री गर्ने मुख्य समयमा बजार नभएका कारण कल्लेरीटारका अधिकांश किसानले तरकारी मासेर मकै छर्न थालेको हुन् ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१४ बैशाख २०७७, आईतवार १९:१० मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु.....

बूढीगण्डकी क्षेत्रका प्रभावित घरगोठको मुआब्जा माग्दै धर्नामा

धादिङ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा चर्चा पाएपनि निर्माण कसरी हुने भन्ने बिषयमा गर्ने भन्ने टुंगो लाग्न.....

धादिङका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

धादिङ, १५ मंसिर । धादिङको पाँच वटा स्थानीय तहमा एकैदिन ५ वटा अस्पतालको शिलान्यास भएको छ । गुणस्तरीय आधारभूत.....

गोलभेँडाको दोब्बर मूल्य पाउँदा गौँथलेका किसान दङ्ग

नारायण ढुङ्गाना / (रासस) धादिङ : गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका वडा.....

नाबालिका बलात्कारको अभियोगमा त्रिपुरासुन्दरीका प्रकाश पक्राउ

पोखरा - नाबालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी.....

Categories