‘लकडाउन खुलेपछि’ नामको कमेडी भिडियो लिएर आए सु्दिप

3785 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको अवधि बढ्दै जाँदा समाजमा विभिन्न खाले समस्याहरु पनि देखिन थालेका छन् । लकडाउन खुल्ला र रोजगारीमा फर्कौंला, पसल व्यापार चलाउँदा, बन्द रहेको कार्यालय खोलौंला भनेर आस गरिरहेका मध्यम वर्गिय समुदाय मा अहिले कस्तो मनोदशामा होलान ?

डेढ महिनादेखि जारी रहेको लकडाउनको कारण निश्चित आयश्रोत नभएका शहर तथा गाउँघरका नागरिक सबैभन्दा बढि प्रताडित हुन पुगेको तितो यथार्थलाई हांस्यकलाकार सुदिप खतिवडाले चेतनामूलक कमेडी  भिडियो मार्फत सार्वजनिक गरेका छन् । एस जोडी नामबाट हांस्यक्षेत्रमा स्थापित हुंदै गरेका खतिवडाले लकडाउनको अवधिमा निम्न आय भएका व्यक्तिले भोगिरहेको यथार्थलाई भिडियो मार्फत देखाएका हुन । केथ्रि मिडियाको युट्युब च्यानल मार्फत शनिवार सो कमेडी भिडियो रिलिज भएको हो ।

केथ्रि मिडियाद्धारा तयार पारिएको कमेडी भिडियाको कथा लेखन सुदिपको हो भने निर्माता राजाराम खतिवडा र छायाँकन तथा सम्पादन सुसन खतिवडा मिस्टर दारीले गरेका छन ।

भिडियोमा सुदिप खतिवडाका साथमा राजाराम खतिवडा, विकास अर्याल ( विकजोन), सिमा गिरी, मिना भण्डारी, सुसन खतिवडा( मिस्टर दारी),सन्तोष खतिवडा, रुपेन्द्र खतिवडाको मुख्य अभिनय रहेको छ ।

त्यसै गरि सहायक भूमिकामा आकाश गिरी, बिज्ञान भुजेल,उज्वल आचार्य, नारायण गिरी, दिपेश खतिवडा, सिमोन माझि,मिरा तुलाधर, आकार गिरी, सुरज गिरी, इश्वर आचार्य, प्रदिप दहाल र रमिशा खतिवडाले अभिनय गरेका छन् ।
लकडाउनको कारण डेरावाला र घरधनी बिच बढेको दुरी, कार्यालय सञ्चालन गर्न नसक्दा व्यहोर्नु परेको नोक्सानी, आर्थिक श्रोत घट्दै गएपछि मायालुले देखाएको व्यवहार लगायतका बिषयमा भिडियाले सन्देश प्रवाह गरेको छ । लकडाउनको विकल्प नखोज्ने हो भने कोरोनाका कारणले भन्दा पनि आर्थिक अभाव र तनावले गर्दा धेरैको जिवनमा नोक्सानी पुग्न सक्ने तर्फ भिडियो मार्फत सन्देश दिन खोजिएको छ ।

खुल्दुली, सक्किगोनी लगायतका हाँस्य टेलिसिरियल तथा देश विदेशका मेला महोत्सवमा गएर शशक्त अभिनय गर्दै आईरहेका सुदिपले लकडाउनको अवधिमा यस अघि तीन वटा सन्देशमुलक भिडियो सार्वजनिक गरिसकेका छन् । स्थानीय श्रोत साधन र जनशक्तिलाई प्रयोग गरेर खतिवडाले चेतनामूलक भिडियो रिजिल गर्दै आईरहेका छन ।