मंगलबार साँझ सम्ममा कोरोना संक्रमितको संख्या ४०२

733 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङं । नेपालमा मंगलवार २७ जना कोरोना संक्रमित थपिएका छन् ।

 

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार मंगलवार काठमाडौं जिल्ला लगायत विभिन्न जिल्लामा गरी २७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३, भक्तपुरमा १ र ललितपुरमा १ जनामा संक्रमण देखिएको छ । यसैगरी झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।