सोमबार सार्वजनिक बिदा दिने गृहको मन्त्रालयको निर्णय

1252 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज
धादिङ, ११ जेठ – गृह मन्त्रालयले आइतबारका लागि दिने भनिएको सार्वजनिक विदा नदिेने भएको छ ।

 

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/०२/०९ को निर्णय अनुसार मुस्लिम समुदायको पर्व ईदुल फित्रको अवसरमा २०७७/०२/११ गते आइतबार सार्वजनिक बिदा निर्णय भएकोमा नेपाल र दक्षिण एशियाभरबाट २०७७/०२/१० मा चन्द्रमा नदेखिएको कारण उक्त पर्व २०७७/०२/१२ गते मनाउने निर्णय भएको र सो बमोजिम सार्वजनिक बिदाका लागि मुस्लिम आयोगबाट अनुरोध भएकाले २०७७/०२/११ गते आइतबारको ठाउँमा २०७७/०२/१२ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

यस अघि गहृमन्त्रालयले आईतबारका लागि सार्वजनिक विदा घोषणा गरेको थियो ।