नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

819 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १ सय १४ जना संक्रमित थपिएको जानकारी दिनुभयो । मन्त्रालयमा अ‌ायाेजित पत्रकार सम्मेलनमा उहाँले बाँके, झापा, सिरहा लगायत जिल्‍लामा संक्रमित थपिएका बताउनुभयाे ।

झापाका १७, सप्तरीका ११, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बाग्लु‍ङका ६, रुकुमका ३, दाङका १५, बाँकेका १६, सिरहाका २, बाराका ७ जनामा काेराेना पुष्‍टि भएकाे हाे ।

देवकाेटाका अनुसार वीपी काेइराला स्वास्थ्‍य विज्ञान प्रतिष्‍ठान धरानमा गरिएको परीक्षणबाट सप्तरीका ११ जनामा काेराेना देखिएकाे छ । कीटजन्‍य प्रयाेगशाला हेटाैंडामा गरिएकाे परीक्षणबाट मकवानपुरका एक र रौतहटका ७ जनामा काेराेना पुष्‍टि भएकाे छ ।

पोखराको प्रादेशीक प्रयोगशालामा गरिएको परीक्षणबाट बाग्लुङका ६ जनामा संक्रमण पुष्टि भएको छ । राप्‍ती स्वास्थ्‍य विज्ञान प्रतिष्‍ठान दाङमा गरिएको परीक्षणबाट रुकुम पूर्वका ३ र दाङका १५ गरेर १८ जनामा काेराेना देखिएकाे छ ।

केन्द्रीय प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट ३८ जनामा संक्रमण देखिएको छ । जसमा रौतहटका २८ जनामा संक्रमण पुष्टि भएकाे छ । अहिलेसम्म नेपालमा सबैभन्‍दा धेरै संक्रमित भेटिएकाे पहिलाे पटक हाे ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेकाे छ । नेपालमा कोरोनाले ४ जनाको ज्यान लिइसकेको छ ।

कुल संक्रमितमध्ये १ सय ४३ जना निको भएका छन् । पछिल्लाे पटक २८ जना डिस्चार्ज भएका उहाँले बताउनुभयाे । जसमा कोशी अस्पतालबाट ४, बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ र नारायणी अस्पतालबाट २१ जना डिस्चार्ज भएका छन् ।

नेपालमा ४७ जिल्लामा संक्रमित भेटिएका पनि उहाँले बताउनुभयाे ।