धादिङका स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने

1727 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- संघीय सरकारबाट धादिङका १३ स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि धादिङका दुई नगरपालिका र ११ गाउँपालिकाले सो अनुदान पाउने भएका हुन् ।

जसअनुसार धुनीबेसी नगरपालिकाले ३३ करोड ५४ लाख बजेट पाएको छ भने नीलकण्ठ नगरपालिकाले ६२ करोड ८३ लाख बजेट अनुदान पाएको छ ।

यसैगरी खनियाबास गाउँपालिकाले १९ करोड ९८ लाख, गंगाजमुना गाउँपालिकाले ३२ करोड २ लाख, गजुरी गाउँपालिकाले ३२ करोड २९ लाख, गल्छी गाउँपालिकाले ३२ करोड ४२ लाख, ज्वालामुखी गाउँपालिकाले ३१ करोड ६२ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले ३७ करोड ५९ लाख, थाक्रे गाउँपालिकाले ३६ करोड २ लाख, नेत्रावती डबजोङ गाउँपालिकाले २४ करोड ३५ लाख, बेनीघाट रोराङ गाउँपालिकाले ४० करोड ९७ लाख, रुबी भ्याली गाउँपालिकाले १६ करोड ६६ लाख र सिद्धलेक गाउँपालिकाले ३६ करोड ५७ लाख बजेट अनुदान पाउनेछन् ।