रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

1336 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् ।

भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ गाईरहेको हाइस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको अगैया स्थित सडक खण्डमा गम्भीर दुर्घटनामा परेको हो ।

मध्यरातमा भएको दुर्घटनामा परि सोमबार विहान सम्ममा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।
आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो । घाइते २१ जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ । घाइते मध्य ५जनाको अवस्था गम्भीर रहेको बैदवारले बताउनुभयो ।

दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट घर जानका लागि आएका थिए । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान तर्फ पठाईँदै थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राती सवा १२ बजे हाइस दुर्घटनामा परेको हो । मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ ।