दुई दिनमै तराईदेखि पहाडसम्म फैलिए सलह कीरा

1953 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । भारतको बिहार हुँदै शनिबार विहान रूपन्देही, बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेको सलह कीरा आइतबारदेखि पहाडी जिल्लामा समेत फैलिसकेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार बारा, पर्सा, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रे, रूपन्देही, नवलपरासी, कास्की, पाल्पा, लमजुङ, गोरखा लगायतका जिल्लामा समेत सलह कीरा भेटिएको पुष्टि भएको छ । मुख्य धान बाली लगाउने समयमा सलह कीरा आउँदा किसान चिन्तित छन् ।

यद्यपि, सरकारले किसानलाई सलह कीराबाट आप्mनै बाली बचाउनसचेत हुन आग्रह गर्नेबाहेक कीरा नियन्त्रण लिन ठोस पहल चालेको पाइँदैन । कृषि बाली विज्ञका अनुसार सलह कीरा बसेको ठाउँमा हरियो बाली सबै नष्ट गरिदिन्छ ।

कृषि तथा पशपन्छी विकास मन्त्रालयले आइतबार सम्मेलन गर्दै नेपालमा प्रवेश गरेको सलह सानो झुन्ड भएको हुँदा कृषि बालीमा त्यति ठूलो क्षति नपु¥याउने दाबी गरेको छ । सलह कीरा मरभूमिमा बस्ने कीरा अहिले नेपालमा प्रवेश भएको सानो झुन्डले भारत, पाकिस्तानमा जस्तो ठूलो क्षति नेपालमा पु¥याउन नसक्ने मन्त्रालयले जनाएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार नेपालमा प्रवेश भएको सलह कीराको झुन्डा करिब १० हजारदेखि २० हजार समूहको मात्र भएको बताए ।

योभन्दा ठूलो झुन्ड आयो भने कृषि बालीमा क्षति गर्न सक्ने उनले बताए । उनले भने, ‘शनिबार प्रवेश नेपालमा प्रवेश गरेको सलह कीराले आइबारसम्म कुनै पनि जिल्लामा कृषिबालीमा क्षति गरेको छैन । हावाको बेग जता जान्छ कीरा पनि त्यतितर्फ जाने भएकाले नियन्त्रणमा लिन समस्या छ ।

यो कीराले एक ठाउँमा तीन÷चार घण्टामै एक ठाउँबाट अर्को ठाउँमा हिडिहाल्छ । उनले भने, नेपालमा प्रवेश भएका कीरा एउटा अपरिपक्व वयस्क गुलाबी र परिपक्व वयस्क पहेंलो रंगको देखिन्छ । नेपाल वर्षाको समय भएको हुँदा वयस्क धेरै समयसम्म बस्न नसक्ने बताइएको छ । यो कीरा धेरै समयसम्म एकै ठाउँमा नबस्ने हुँदा विषादी हाले नियन्त्रणमा लिन पनि समस्या हुन्छ ।

उनले भने, यो कीरामा धेरै प्रोटिनयुक्त भएकाले आएका झुन्डा जालोको पासोमा संकलन गरी जम्मा गरेर हाँस, कुखुराको आहार बनाउन सकिन्छ । उनका अनुसार नर्सरी करेसाबारीजस्ता साना क्षेत्रफल हुने खेतीमा झुल वा जालीले छोपेर पनि जोगाउन सकिन्छ । टनेलभित्रको बालीलाई वरिपरिबाट कीरा छेक्ने जालीले बेरेर जोगाउन सकिन्छ । यसैगरी धानको ब्याडमा जाली वा त्रिपालले छोपेर जोगाउने र सो स्थापनामा सलह आएको समयमा वा छिटो आउन सक्ने सम्भावना भएमा धान रोपाइँ केही दिन ढिलो गर्न सकिन्छ ।

यसैगरी, खेतीबारी वा घर नजिकै कीराले आश्रय लिइरहेको पाइएमा तत्काल असर गर्ने विषादीको प्रयोग गर्नुपर्छ । मालाथिन ५० प्रतिशत ईसी, ३ मि ली वा ल्याम्डा साइहेलो थ्रिन ५ प्रतिशत ईसी, ०।७ मिलि वा क्लोरपाइरिफोस २० प्रतिशत इएसी १।८८ मिलिलिटर वा डेल्टामेथ्रिन २।८ प्रतिशत ईसी प्रतिलिटर पानीका दरले साँझपख वा बिहान सबेरै स्प्रेयरबाट छरेर मार्न सकिन्छ ।

मन्त्रालय सचिव राजेन्द्रप्रसाद भारीले तत्काल सलह नियन्त्रणका लागि स्थानीय तहका कृषि ज्ञान केन्द्रमा प्राविधिकसहित ‘रेस्पोन्स टिम’ खटाइएको बताए । ठूलो मात्रामा सलह आएपछि विषादीको प्रयोग गर्ने बताए । विषादीका लागि विभिन्न व्यवसायीसँग छलफल भइरहेको बताए । उनले, आवश्यकताअनुसार नियमति रूपमा प्राविधिक टिम र ज्ञान केन्द्रमार्फत सूचना र जानकारीका लागि सलह सूचना केन्द्र स्थापना गरेको जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीले ठूलो झुन्डको सलह आएमा पनि संघीय मन्त्रालयअन्र्तगत गृह मन्त्रालयमार्फत विपद् व्यवस्थापन प्राधिकरणमार्फत समन्वय गरी दमकल, जेट वा ट्याक्टरबाट नै विषादी छर्कने व्यवस्था तयारी अवस्थामा रहने बताए ।

उनले सहल आवागमन तथा विषादीसम्बन्धी प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले अहिलेको साना झुन्डको सलहले त्यति ठूलो नोक्सानी नगर्ने भए पनि अझै दुई/तीन दिन वायुको वेग भारतबाट नेपाल वहन हुँदा ठूलो समूहको सलह भित्रिन सक्नेबारे चनाखो हुनुपर्ने बताए ।

  • कौशिला कुँवर / राजधानी दैनिकबाट