कक्षा १२ को विज्ञान विषयको नतिजा सार्वजनिक

630 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, साउन २९ – विज्ञान संकाय तर्फ कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तर्फ ७५ दशमलव ३२ प्रतिशत उतीर्ण भएका छन् ।

परीक्षामा नियमित तर्फ सहभागीमध्ये ३३ हजार ५ ६६ मध्ये २५ हजार २ सय ३६ उतीर्ण भएका र २४ जनाको परीक्षा रद्ध गरिएको उच्च माध्यमिक शिक्षा परीषद् परीक्षा नियण्त्रण कार्यालयले जनाएको छ ।

एक्जाम्टेड तर्फ ५१ दशमलव ४४ प्रतिशत उतीर्ण भएका छन् । परीक्षामा सहभागी ६ हजार ३ सय ४९ जनामध्ये ३ हजार २ सय ६६ जना पास भएका छन् । एक्जामटेड तर्फको परीक्षामा सहभागीमध्ये ७ जनाको परीक्षा रद्ध गरिएको छ ।