मापदण्ड विपरित चलेका पाँच क्रसर उद्योग बन्द

228 पटक पढिएको

प्रकाशित मिति: ५ आश्विन २०७७, सोमबार २१:०१

सम्पादक: Dhading News

नुवाकोट- नुवाकोट जिल्लामा  मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा अबैध ढंगबाट सञ्चालित पाँच क्रसर उद्योग बन्द गराएको हो ।

प्रचलित कानूनअनुसार क्रसर उद्योगहरु सञ्चालन भए नभएको अनुगमन गर्नेक्रममा मापदण्ड विपरित सञ्चालन भएको पाइएकोले बन्द गराईएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभयो ।

बन्द गराइएको क्रसर उद्योगमा लिखु गापा–४ स्थित क्षेत्रपाल क्रसर उद्योग प्रालि, तादी गापा–१ स्थित सूर्यकुण्ड रोडा ढुङ्गा उद्योग प्रालि, तादी गापा–३ स्थित दुप्चेश्वर रोडा ढुङ्गा क्रसर उद्योग प्रालि, पञ्चकन्या गापा–२ स्थित नेशनल लाइभ एण्ड स्टोन कम्पनी प्रालि र विदुर नपा–५ मा रहेको बर्ड स्टोन क्रसर उद्योग प्रालि रहेका छन् ।नुवाकोटको छिमेकी जिल्ला धादिङमा पनि मापदण्ड विपरित क्रसर उद्योगहरु सञ्चालन हुंदै आएका छन् ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

५ आश्विन २०७७, सोमबार २१:०१ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय भरतपुर चितवनको वार्षिक कार्यक्रमअन्‍तर्गत सदरमुकामभित्रको ७ किलोमिटर सडक रु ५ करोड को लागतमा.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

थाक्रेमा दुर्घटना, एक जनाको मृत्यु

धादिङ ,२४ असोज । धादिङ थाक्रे ९ किलोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रिफर र बस आपसमा ठोकिँदा एक.....

राधेलाई १० दिन हिरासतमा राख्न प्रशासनको अनुमति

  धादिङ २३ असोज- राधे उपनामले चिनिने राधाकृष्ण भण्डारीलाई शान्ति सुरक्षा भंग गर्न खोजेको सम्बन्धी कसुरमा.....

जनप्रतिनिधिलाई धम्क्याएको आरोपमा ‘राधे’ पक्राउ

धादिङ, २३ असोज - जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा  नेपाल तरुण दल धादिङका उपाध्यक्ष समेत रहेका राधाकृष्ण भण्डारी.....

Categories