सिभिक बैक स्थापनाको पांचौ बर्षमा

628 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /धादिङबेसीमा मुख्य कार्यालय रहेको सिभिक डेभलपमेण्ट बैक लिमिटेड मंगलवार देखि स्थापना भएको चौथो बर्ष पुरा गरी पांचौ बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसर पारेर बैकले मंगलवार धादिङमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । SAM_1421
वार्षिकोत्सवको अवसर पारेर बैकले वागेश्वरी उच्च मावि बैरेनीको कक्षा १ देखि ५ सम्म पढ्ने १ सय जना वालवालिकालाई एक एक थान झोला उपहार स्वरुप प्रदान गरेको छ । यसैगरी यस बर्षको एसएलसी परीक्षामा उत्कृष्ठ नम्बर ल्याउने चार जनालाई नगद १० हजार र सम्मान पत्र दिएर पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेहरुमा सरकारी बिद्यालयवाट सबैभन्दा धेरै नम्बर ल्याउन सफल नीलकण्ठ उच्च मावि धादिङबेसीका सारदा तामाङ र भीमसेन श्रेष्ठ रहनुभएको छ । सोही कार्यक्रममा संस्थागत बिद्यालयहरुमध्येवाट सबैभन्दा बढी अंक ल्याएर जिल्ला प्रथम हुन सफल राईजिङ भिलेज आवासीय उच्च मावि बैरेनीका रविन थापा र शेयरधनीहरुका छोराछोरी मध्येवाट वालविकास वोर्डिङ स्कुल सल्यानटारका अमृत्ता सिवलाल हुनुहुन्छ ।
बार्षिकोत्सवको अवसरमा वैकले एक औपचारिक कार्यक्रम सम्पन्न गरेको थियो । बैक संचालक समितिका अध्यक्ष नारायणलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा डेभलपमेण्ट बैक एशोसियशन नेपालका  प्रथम उपाध्यक्ष एवम मुक्तिनाथ विकास बैकका प्रमुख कार्यकारी अधिकृत भरत ढकालको प्रमुख आतिथ्य रहेको थियो ।
स्थापनाको चौथो  बर्ष पुरा गरी पांचौं बर्ष प्रवेश गर्दा बैकको अधिकृत पूंजि १० करोड,जारी पूंजि ४ करोड र चुक्ता पूंजि ४ करोड पुगेको छ । बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यका अनुसार गत असार मसान्तमा बैकको एनपिएल शुन्य प्रतिशत रहेको छ । यसैगरी आर्थिक बर्ष २०६९÷७० मा ३ करोड १३ लाख २८ हजार व्याज आम्दानी र ५२ लाख ६६ हजार अन्य आम्दानी गरी जम्मा ३ करोड ६५ लाख ९५ हजार आम्दानी गर्न बैक सफल भएको महाप्रवन्धक वज्राचायले कार्यक्रममा जानकारी दिनुभयो ।
यसैगरी १ करोड ५५ लाख ५ हजार व्याज खर्च,कर्मचारीमा ४३ लाख ५६ हजार र अन्यमा ९० लाख ८८ हजार गरी २ करोड ८९ लाख ५० हजार खर्च भई खूद संचालन नाफा ७६ लाख ४५ हजार रुपैया भएको वज्राचायले वताउनु भयो । बैकको धादिङबेसीमा मुख्य कार्यालय रहेको सिभिक बैकको वैरेनी,आरुघाट,आदमघाट र धादिङबेसी पुछारवजारमा शाखा कार्यालय रहेको छ ।