धादिङ बारद्वारा अधिवक्ता स्व.श्रेष्ठप्रति श्रद्धाञ्जलि कार्यक्रम

348 पटक पढिएको

प्रकाशित मिति: १७ कार्तिक २०७७, सोमबार २०:१६

सम्पादक: धादिङ न्यूज

धादिङ, १७ कात्तिक । नेपाल बार एसोसिएसन धादिङले  अधिवक्ता धादिङ बारका सस्थापक स्व.गोविन्दबहादुर श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

धादिङस्थित बार एसोसिएसनको सभाहलमा सोमबार आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा स्व.श्रेष्ठलाई श्रद्धाञ्जलि दिइएको हो । स्व.श्रेष्ठको १३औँ दिनको पूण्यतिथिका अवसरमा बार एसोसिएसन धादिङले आफ्ना संस्थापक अध्यक्षको सम्झनामा श्रद्धाञ्जलि कार्यक्रम राखेको थियो ।

स्व.श्रेष्ठ धादिङ जिल्लाको पहिलो कानून व्यवासयी समेत हुन् । उनले नै नेपाल बार एसोसिएसन धादिङको स्थापना गरेका थिए ।

श्रेष्ठको उपचारका क्रममा कात्तिक ५ गते ९२ वर्षको उमेरमा राजधानीमा निधन भएको थियो । उनको जन्म विक्रम संवत १९९५–०६–०७ गते भएको थियो ।

स्व.श्रेष्ठका बुबा डम्बरबहादुर श्रेष्ठ न्याय क्षेत्रमा थिए । बुबाकै सहयोग र निर्देशनमा स्व.श्रेष्ठले कानून क्षेत्रमा काम गरेका थिए ।

उनका बुबा डम्बरबहादुर श्रेष्ठ बिक्रम संवत १९९० देखि १९९८ सम्म धादिङ्ग जिल्ला अदालतको प्रमुख भएर समेत कार्य गरेका थिए ।

कार्यक्रममा स्व.श्रेष्ठका पुत्रद्वय रमेशकुमार श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठको पनि उपस्तिथि रहेको थियो ।

जिल्ला अदालत धादिङका न्यायाधीशद्वय देवेन्द्र पौडेल र आत्मदेव जोशीले स्व.श्रेष्ठले न्यायालयसँग जोडिएर गरेका कार्यहरूको स्मरण गरेका थिए ।

न्यायाधीश पौडेलले स्व.श्रेष्ठले कानून र न्याय क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरेका छन् ।

राजविराजमा छँदा गोबिन्दबहादुर श्रेष्ठका दाजु  तत्कालीन राजविराजका मुख्य न्यायाधीश ज्ञाईन्द्रबहादुर श्रेष्ठसंग कार्य गर्ने अनुभव भएको न्यायाधीश पौडेलले बताए ।

श्रद्धाञ्जलि कार्यक्रममा अधिवक्ता स्व.श्रेष्ठले धादिङ जिल्ला अदालत र नेपाल बार एसोसिएसनमा पुर्‍याएको योगदानको सबैले चर्चा गरेका थिए ।

श्रद्धाञ्जलि सभामा नेपाल बार एसोसिएसन धादिङका अध्यक्ष कृष्णराज अधिकारीले स्व.श्रेष्ठलाई कानून व्यवसायीहरूले सधै स्मरण गरिरहने बताए ।

अध्यक्ष अधिकारीले आफू कक्षा ४ मा पढ्दादेखि नै अधिवक्ता स्व.गोविन्दबहादुर श्रेष्ठलाई चिनेको बताए ।

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख खेमराज पौंडेलले स्व.श्रेष्ठबाट सधैँ न्यायालयलाई सकारात्मक सहयोग भएको स्मरण गरे । उनले स्व.श्रेष्ठले न्यायालय र कानूनको क्षेत्रमा पुर्‍याएको योगदानको कदर हुनुपर्ने बताए ।

जिल्ला अदालत धादिङका श्रेस्तेदार दिनेश आचार्य, सह–न्यायाधिवक्ताद्वय गोविन्द हुमागाइँ र भावना खतिवडा, कार्यक्रममा धादिङ्ग जिल्ला बारका पूर्व अध्यक्षहरू विष्णुकुमार श्रेष्ठ, अधिवक्ता गोविन्दराज श्रेष्ठ, विश्वराज अधिकारी, टंककुमार श्रेष्ठ, रामकृष्ण अधिकारी, रामचन्द्र भट्टका साथै अधिबक्ता खिल गिरी,  विनोदमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

श्रद्धाञ्जलि सभा कार्यक्रममा स्व.श्रेष्ठका कान्छा छोरा प्रकाशले बारको कल्याणकारी कोषमा पचास हजार रुपियाँ हस्तान्तरण गरेका थिए ।

धादिङ्ग बार एसोसियसनको फर्निचर तथा पुस्तकालय कक्ष ब्यवस्थापान गर्नका लागि आर्थिक सहयोग स्वरुप चेक प्रदान गरिएको थियो ।

आगामी दिनमा धादिङ्ग बार र कानून ब्यवसायीहरूको हरेक कार्यलाई सघाउने तथा नीलकण्ठ क्याम्पसमा अध्ययनरत जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका विद्यार्थी तथा कानून विषय अध्ययन गर्ने २ जना विद्यार्थीलाई पठन–पाठनको निम्ति १० लाखको अक्षयकोष खडा गरिने कान्छा छोरा श्रेष्ठले बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुलीको पनि उपस्थिति रहेको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१७ कार्तिक २०७७, सोमबार २०:१६ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

संरक्षक गुमाएपछि बिचल्ली परे खानीगाउँका ८ बालबालिका

केशव अधिकारी खानीगाउँ (धादिङ) । मलिन अनुहार र मैलो देखिने एकसरो पातलो विद्यालय पोशाकमा हुन्छन् संधैभरी उनीहरू । साथीभाइसँग पनि धेरै बोल्दैनन्, पढाईमा भने ध्यान दिने गर्दछन् । माघको ठण्डीले कक्षा कोठामा.....

अवैध लागुऔषध सहित थाँक्रेकी अमृता र अर्की एक महिला पक्राउ

काठमाडौं- प्रहरीले लागुऔषध कारोबार गर्ने दुई जना महिलालाई काठमाडौंको रविभवनबाट पक्राउ गरेको छ। सोमबार दिउँसो.....

पछिल्लो २४ घण्टामा ३ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं,१३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३०३ जना नयाँ संक्रमित थप भएका छन् । पीसीआर विधिबाट ४.....

नेकपा फुटेपनि सुकुम्बासीलाई लालपुर्जा वितरण कार्य रोकिंदैन – अध्यक्ष ज्ञवाली

चितवन । भूमी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले नेकपा फुटेपनि सुकुमबासीलाई लालपुर्जा वितरणको काम.....

शंकास्पद गतिविधिको आशंकामा गल्छीका सुमन चितवनमा पक्राउ

चितवन । धादिङको गल्छी गाउँपालिका वडा नं १ घर भई चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने सम्राट भनिने २४.....

Categories