मंसिर ४ को चुनावको मिति सार्न चार दल तयार

623 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ / नेकपा–माओवादी नेतृत्वको मोर्चा चुनावमा सहभागी हुने भए चुनावको मिति सार्न उच्चस्तरीय राजनीति समिति  तयार भएको छ ।

राजधानीमा बुधबार बसेको बैठकमा चुनावको मिति बाहेक अन्य विषयका बारेमा कुनै छलफल हुन नसकेको सहभागी एक नेताले बताए ।

नयाँबानेश्वरस्थित समितिको कार्यालयमा आज नेकपा माओवादी नेतृत्वसँगको वार्तामा समितिले नेकपा-माओवादी सहितका असन्तुष्ट दलहरु चुनावमा आउने ग्यारेन्टी भए निर्वाचन सार्न सकिने बताएको हो । मोर्चाले निर्वाचन स्थगन गर्न माग गरेपछि समितिका संयोजक प्रचण्डले नेकपा-माओवादी सहितका असन्तुष्ट दलहरु चुनावमा आउने ग्यारेन्टी भए चैत्र वा वैशाखमा चुनाव सार्न सकिने बताएका थिए ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दे एमाले नेता रघु जि पन्तले निर्वाचन सार्ने कुरा ठुलो नभएको भन्दै यदी मिति सारेपनि बैद्य जीहरु चुनावमा आउने ग्यारेन्टी हुनु ठुलो कुरा भएको बताए ।

माओवादीले राख्दै आएको २५ बुँदे बाधा अड्काउ खारेजी र प्रधानन्यायाधीश नेतृत्वको सरकार परिवर्तनको मागलाई भने प्रमुख दलले अस्वीकार गरेका छन् ।
माओवादी सचिव देव गुरुङले दलीय सरकार गठन हुनुपर्ने माग राखेको सेतोपाटी अनलाइनले आफ्नो खबरमा जनाएको छ् ।