गोरखादेखि धादिङ नुवाकोट हुंदै काठमाडौंसम्म नेपाली सेनाले पदयात्रा गर्ने

1770 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखाबाट धादिङ,नुवाकोट हुंदै काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ ।नेपाल एकीकरणका बेला गोरखाका राजा पृथ्वीनारायण शाह र उनका गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले पदयात्रा गर्ने भएको हो ।  गत बर्ष पनि यहि समयमा सोही मार्ग भएर नेपाली सेनाले पदयात्रा सम्पन्न गरेको थियो ।

पृथ्वीनारायण शाहले तत्कालिन गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका पदमार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा शुरु गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिनुभयो ।तत्कालीन राजा पृथ्वीनारायण शाहकालीन पोसाकमा सेनाको टोली पदयात्रामा निस्कने छ ।

गोरखा दरबारबाट निस्कने सेनाको टुकडीले धादिङ र गोरखा जिल्लाको सिमानामा पर्ने बोर्लाङघाटमा आएर धादिङस्थित सेनाको देवीदत्त गणलाई पदयात्रामा प्रयोग गरिएको सेनाको झण्डा र टर्च हस्तान्तरण गर्नेछ । गोरखाबाट आएको टोली र धादिङको देविदत्त गणको टोलीले कछारगाउँ,सल्यानटारको कोषढुङगा, रानिपौवा, कालोढुङगा , खहरे ,चरङगे पौवा , चरङ्गे , कटुन्जे , पन्ध्रकोषे , थर्पु हुँदै भ¥याङभुरुङ सम्मको करिब ३५ किलोमिटर दुरी पार गरी नुवाकोट प्रवेश गर्नेछ ।

त्यस्तै नुवाकोटमा रहेको सेनाको गणले झण्डा र टर्च काठमाडौं स्थित सेनालाई बुझाउनेछ । पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पदयात्रा गर्न लागिएको गणपति केसीले  वताउनुभयो । । पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उनको अपेक्षा छ । गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म उक्त पदमार्गको दुरी २६ कोष रहेको छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाण्डौ राज्य जितेका थिए । त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाण्डौसम्म ओहोरदोहोर गरेको इतिहासमा भेटिन्छ । विसं २०३१ सालमा पृथ्वी राजमार्ग चालु हुनुअघि काठमाण्डौबाट पश्चिमी भेगका बासिन्दा राजधानी काठमाण्डौसम्म पैदलै ओहोरदोहोर गर्ने गरेको बुढापाकाहरु बताउँछन् ।

( तस्बिर -अनलाइनखबरबाट)