बरिष्ठ पत्रकार सीताराम प्रसाद बर्माको शालिक निर्माण गरिने

269 पटक पढिएको

प्रकाशित मिति: २६ पुष २०७७, आईतवार २२:००

सम्पादक: धादिङ न्यूज

धादिङ – नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सभापति एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार सीताराम प्रसाद बर्माको शालिक निर्माणका लागि प्रस्ताव गरिएको छ । नेपाल पत्रकार महासंघ धादिङ शाखाको शुक्रवार सम्पन्न २२ औं साधारण सभाको अवसर पारेर महासंघका केन्द्रिय सदस्य हरिहरसिंह राठौरले उक्त प्रस्ताव ल्याएका हुन ।

तीन दशक देखि निरन्तर पत्रकारितामा गर्दै आईरहेका वर्माको ७९ वर्षको उमेरमा गत कात्तिक २१ गते निधन भएको हो । वर्माको पहलमा २०५३ सालमा नेपाल पत्रकार महासंघ धादिङ शाखाको स्थापना भएको थियो । धादिङ जिल्लामा पत्रकारिताको विकास गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै महासंघका केन्द्रिय सदस्य राठौरले जिल्ला शाखाको कार्यालय परिसरमा वर्माको शालिक निर्माण गर्न आग्रह गरेका हुन । नेपाल पत्रकार महासंघ र प्रेस युनियन जिल्ला शाखा धादिङले वर्माको योगदानको सम्मानका लागि संयुक्त रुपमा दुई लाख रुपैयाँ अक्षय कोष खडा गरि यसै बर्षबाट सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेको छ । उक्त पुरस्कार पहिलो पटक महासंघ धादिङका संस्थापक सचिव अग्रज पत्रकार राजेन्द्रप्रताप शाहलाई प्रदान गरिएको छ ।

केन्द्रिय सदस्य राठौंरको उक्त प्रस्तावलाई समर्थन गर्दै पत्रकार महासंघ धादिङले संस्थापक अध्यक्षको शालिक निर्माण गर्न पहल गर्ने प्रतिवद्धता जनाएको छ । महासंघका जिल्ला अध्यक्ष नवराज छत्कुलीले यस बिषयमा छलफल अघि बढाई छिट्टै निर्णयमा पुग्ने वताएका छन् ।

शालिक निर्माणको प्रस्तावलाई समर्थन गर्दै २२ औं साधारण सभाको दिन शालिकराम वर्मा स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकारद्धय राजाराम शर्मा र पोषनाथ अधिकारीले पुरस्कार वापत प्राप्त ५/५ हजारको दरले १० हजार रकम महासंघलाई हस्तान्तरण गरेका छन् ।

तीन दशकदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत रही पत्रकारितामा सक्रिय बर्मालाई नेपाल पत्रकार महासंघले २०७१ सालमा ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरेको थियो भने २०७६ सालमा प्रेस काउन्सिल नेपालले ‘प्रेस काउन्सिल क्रियाशील पत्रकािरता पुरस्कार’ बाट सम्मान गरेको थियो ।

सिरहा जिल्लाको नवराज गाउँपालिका वडा नम्बर ५ को झाझपट्टी गाउँमा बिक्रम सम्बत २००२ साल चैत २ गते पिता पशुपति उपाध्याय र माता बिकादेवी उपाध्यायको जेष्ठ पुत्रका रुपमा बर्माको जन्म भएको थियो । ३० बर्ष निजामति सेवाको सुव्वा पदवाट अवकाश लिए पछि पत्रकारिता क्षेत्रमा जोडिएका वर्मा गएको २० बर्ष देखि राष्ट्रिय समाचार समितिको जिल्ला समाचारदाता पदमा कार्यरत थिए । वर्माले कान्तिपुर दैनिकको स्थापनाकाल देखि एक दशक सम्म समाचारदाताका रुपमा समेत काम गरेका थिए ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले स्थापना गरेको स्वतन्त्र पत्रकार सेनानी, प्रेस काउन्लि नेपालको कृयाशिल पत्रकारिता पुरस्कार, राष्ट्रिय समाचार समितिको कृयाशिल पत्रकारिता पुरस्कार लगायतका दर्जनौं पत्रकारिता पुरस्कार प्राप्त गरेका वर्मा नेपाल प्रेस युनियन धादिङ, रिपोर्टस क्लव,नेपाल निजामति कर्मचारी संघ, नेपाल ट्रेड युनियन काँग्रेस धादिङ शाखाका संस्थापक अध्यक्ष समेत हुन ।

बर्माका तीन छोरी र दुई छोरा रहेकोमा जेठा छोरा शालिकराम वर्माको भने चार बर्ष अघि निधन भएको थियो । कान्छी श्रीमती पवित्रादेवी वर्माको गत कात्तिक १ गते निधन भएको थियो । श्रीमतीको निधन भएको २१ दिन पछि उनको पनि निधन भएको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२६ पुष २०७७, आईतवार २२:०० मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्षमा आनन्द पोखरेल, सचिवमा खेम लोहनी

धादिङ ६ माघ - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वागमती प्रदेश कमिटीको अध्यक्षमा आनन्द पोखरेललाई चयन गरेको छ । यसअघिका अध्यक्ष नारायण दाहाललाई कारबाही गर्दै पोखरेललाई.....

सहुलियत कर्जाका लागि बेनिघाटरोराङ र मेगा बैंक बिच सम्झौता

बेनिघाटरोराङ- मेगा बैंक नेपाल लिमिटेडले वेनिघाटरोराङ गाउँपालिकाका विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला.....

सुतिरहेका मान्छेमाथि ट्रक दौड्दा १३ को मृत्यु

धादिङ- मध्यरातमा सुतिरहेका मान्छेलाई पेल्दै ट्रक दौड्दा १३ जनाको एकै टाउँमा ज्यान गएको छ । सुन्दै निकै.....

प्रेस सङ्गठन नेपालको दोश्रो राष्ट्रिय भेला माघ ८ गते काठमाडौँमा हुने

धादिङ, ५ माघ - प्रेस सङ्गठन नेपालको दोश्रो राष्ट्रिय भेला हुने भएको छ । सोमबार काठमाण्डौंमा सम्पन्न केन्द्रीय.....

बेलायतबाट आएका तीन नेपालीमा भेटियो नयाँ प्रकारको कोरोना भाईरस

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस अझै पनि नियन्त्रणमा आउन सकेको छैन । विश्वलाईनै.....

Categories