प्रदेश सुशासन केन्द्रको निर्देशकमा बिमल पोखरेल नियुक्त

176 पटक पढिएको

प्रकाशित मिति: २९ पुष २०७७, बुधबार १०:४६

सम्पादक: धादिङ न्यूज

हेटौंडा, – बागमती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा बिमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
पुस २८ गते बसेको प्रदेशको मन्त्रिपरिषको बैठकले दोलखाका पोख्रेललाई ४ बर्षका लागि निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी पुस २८ गते नै बसेको मन्त्रिपरिषद बैठकले सामाजिक बिकास मन्त्रालय मार्फत मदन भण्डारी फाउण्डेसनलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । विबिध सामाजिक काममा खर्च गर्ने गरी फाउण्डेशनलाई रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

यस्तै संघीय समपुरक तथा बिषेश अनुदान तर्फका आयोजना÷कार्यक्रमहरु प्रस्ताव गर्ने, बैकल्पिक उर्जा प्रणाली अनुदान परिचालन, दोलखाको जिलुको एकिकृत बस्तीका २ करोड ४० लाख दिने, प्रदेशका स्थानिय तहलाई सशर्त अनुदान उपलब्ध गराउनलगायतका निर्णय गरेको मन्त्री ढुंगेलले जानकारी दिनुभयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२९ पुष २०७७, बुधबार १०:४६ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

प्रेस संगठन नेपालको संयोजकमा गणेश बस्नेत चयन ,हटाइए दाहाल

काठमाडौं । प्रेस संगठन नेपालको संयोजकमा गणेश बस्नेत चयन हुनु भएको छ । बिहीबार काठमाण्डौंमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले संगठनको सहसंयोजक गणेश बस्नेतलाई सर्वसम्मतरुपमा संयोजकमा चयन गरेको हो । संगठनका.....

नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्षमा आनन्द पोखरेल, सचिवमा खेम लोहनी

धादिङ ६ माघ - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वागमती प्रदेश कमिटीको.....

सहुलियत कर्जाका लागि बेनिघाटरोराङ र मेगा बैंक बिच सम्झौता

बेनिघाटरोराङ- मेगा बैंक नेपाल लिमिटेडले वेनिघाटरोराङ गाउँपालिकाका विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला.....

सुतिरहेका मान्छेमाथि ट्रक दौड्दा १३ को मृत्यु

धादिङ- मध्यरातमा सुतिरहेका मान्छेलाई पेल्दै ट्रक दौड्दा १३ जनाको एकै टाउँमा ज्यान गएको छ । सुन्दै निकै.....

प्रेस सङ्गठन नेपालको दोश्रो राष्ट्रिय भेला माघ ८ गते काठमाडौँमा हुने

धादिङ, ५ माघ - प्रेस सङ्गठन नेपालको दोश्रो राष्ट्रिय भेला हुने भएको छ । सोमबार काठमाण्डौंमा सम्पन्न केन्द्रीय.....

Categories