बिद्यार्थीलाई भूकम्पीय जोखिम न्यूनिकरण सम्वन्धि सचेतना

961 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी -राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर शशस्त्र प्रहरी बलले बिद्यार्थीसंग भूकम्पीय जोखिम न्यूनिकरण सम्वन्धि सचेतना कार्यक्रम गरेको छ ।

भुकम्प दिवसको सन्दर्भ पारेर सदरमुकाममा रहेको सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्मले बुधवार नीलकण्ठ मावि धादिङबेसीको कक्षा १० मा अध्ययनरत छात्रछात्रा तथा शिक्षकहरुलाई भुकम्पिय जोखिम न्युनिकरण सम्बन्धि सचेतना गराएको हो । कार्यक्रममा गुल्मका सशस्त्र प्रहरी निरीक्षक जयबहादुर दथेपुथेले भुकम्प के हो ? भुकम्प आउनू भन्दा अगाडिको पुर्व तयारी, भुकम्प आउदा र आईसकेपछि मानव जिवनको क्षति न्यूनिकरण गर्न अपनाईने सुरक्षात्मक उपायहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

बिक्रम सम्बत १९९० माघ २ गते भूकम्प गएको सम्झनामा २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाइने गरिएको छ ।