प्राईम लाइफको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट

728 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयर नामसारी, दस्तखत प्रमाणित, शेयर प्रमाणपत्र खण्डिकरण, लाभांश पूर्जा वितरण आदि कार्य गर्नका लागि श्री नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
सो सम्वन्धी सम्झौता पत्रमा हालै कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत श्री रेष्टा झा र नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रविण रमण पराजुली बीच हस्ताक्षर सम्पन्न भएको छ ।
नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले उक्त शेयर रजिष्ट्रार सम्वन्धी सेवा आफनो अनामनगर स्थित कार्यालयवाट प्रदान गर्नेछ । हाल नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले नबिल बैंक लिमिटेड, स्वावलम्बन लघुवित्त विकास बैंक र नबिल व्यालेन्सड फण्ड १ को शेयर रजिष्ट्रारको कार्य गर्दे आएको प्राईम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।