बालमैत्री र भयरहित शिक्षा आजको आवश्यकता

6415 पटक पढिएको

सम्पादक: Dhadingnews.com


रमिला सापकोटा
अध्यक्ष
अभिभावक संघ मकवानपुर
कुनैपनि बालबालिका राम्रो,नराम्रो,असल,खराब,बुद्दीमान,मूर्ख आदी गुणहरु लिएर जन्मदैनन् । साधारणतया बालबालिकाको शारीरिक बनोट र मानसिक विकास उस्तै प्रकारको हुन्छ । जव बालबालिकाहरु हुर्कँदैजान्छन उनीहरुको शारीरिक विकाशको साथसाथै मानसिक र संवेगात्मक विकास पनि हुदै जान्छ  जुन उनीहरुले पाएको वातावरणले नजानिदो किसिमले असर पार्दे लगेको हुन्छ ।बालबालिकाको चौतर्फी विकाशका लागी आवश्यक कुराहरु प्राप्त गर्न  घरपछिको पहिलो ठाउ विद्यालय हो विद्यालयमा वालबालिकाले पाठ्पुस्तक,शिक्षकको पढाउने शैली र व्यवाहार विद्यालयको निती नियम तथा क्रियाकलापहरुवाट सिक्ने गर्दछन् ।
यदि विद्यालयको वातावरण भयमुक्त छ भने विद्यार्थीहरुले आफूलाई सुरक्षित महसुस गर्छन् आफनो चाहाना र क्षमताअनुसार सिकाई क्रियाकलापहरुमा भाग लिन पाउछन् ।

विद्यालय परिवार,शिक्ष्ँक,विद्यार्थी,व्यवस्थापक,कर्मचारी आदीवाट माया,सहयोग,हौसला र प्रोत्सान पाउछन् भने उनीहरु त्यहा लामो समयसम्म हासीखुसी विताउन सक्छन् ।

तसर्थ प्रत्येक विद्यार्थीले आफूलाई भौतिक रुपमा सुरक्षित,संवेगात्मक रुपमा रमाईलो,मनोवैज्ञानिक रुपमा मनोवल उच्च महसुस गराउने वातावरण भएको विद्यालयलाई वालमैत्री विद्यालय  (child friendly school)  निन्छ । तर आज कतिपय विद्यालयहरुमा वालमैत्री शिक्षा,भयरहित शिक्षा लागु गर्न सकिरहेको अवस्था छैन, भएरहित शिक्षाको नाउमा भएसहित शिक्षा लागु गरेका छन् शिक्षाको ज्योती प्राप्त गर्नको लागी विद्यालय गएका विद्यार्थीको शिक्षँ लिने आखाको ज्योती नै गुम्ने गरी अनि कानको जाली नै फुटने गरी र अपराध गरेर जेल वसेको अपराधी लाई जस्तो शरिर भरी निलडाम हुनेगरी पिटेका घटनाहरु पत्रपत्रिका र एफ रेडियोहरुमा आईरहेका छन् के साच्चै शिक्ष्ँकहरुले भएरहित शिक्षा र वालमैत्री शिक्षँको विषयमा नवुझेका हुन् त ??? कि आफू विद्यालय पढ्दा शिक्ष्ँकहरुवाट खाएको पिटाईको वदला लिन खोजेका ति अवोध वावालिकाहरु संगरुरुरुअनि कसरी वन्न सक्छ वालमैत्री विद्यालय र भएरहित शिक्षा रुरुरु यसमा सरोकारवाला संस्थाहरुको ध्यानकर्षण हुन आवश्यक देखिन्छ ।
वालमैत्री विद्यालय त्यस्तो विद्यालय हुन्छ जहा विद्यालयले समुदायमा बालबालिकाको खोजी गर्छ । आफना सवै क्रियाकलापहरु बालकेन्द्रित गर्दछ । वालमैत्री विद्यालयका भौतिक पूर्वाधारदेखी शैक्षिक क्रियाकलापहरु बालबालिकाको लागी प्रभावकारी हुने ढंगले सिर्जना गरिन्छ । विद्यालयका सवै योजनाहरु बालबालिकाको आखावाट तयार गरिन्छ । यस्ता विद्यालयहरुमा विद्यालयका समग्र भौतिक पूर्वधारहरु बालबालिकाको पंहुचमा हुनेगरी निमार्ण गरिन्छ । बालमैत्री विद्यालय यस्तो विद्यालय हुनुपर्छ जहा विद्यार्थी करले होइृन रहरले आउने गरी मनोरम वातावरणको निमार्ण गर्नुपर्छ यस्ता विद्यालयहरुमा वातावरण आफैमा बालबालिकाको सिकाईको लागी उत्प्रेरित गर्न सक्षम हुन्छ र शिक्षक सहजकर्ताको रुपमा रहन्छ ।
अतः शिक्षँ बालबालिकाको अधिकार हो बालअधिकार माहासन्धीले उल्लेख गरेको प्रावधानको पालना,सबैको लागी शिक्षाको अभियानको कार्यन्वयन,सवै बालबालिकालाई शिक्षाको दायरामा ल्याउने सरकारी लक्ष्य तथा शिक्षाको उच्च शैक्षिक क्षति कम गर्न शिक्षा क्षेत्रमा गरिएका अभ्यासहरुलाई एकिकृत रुपमा लागु गर्नु आजको आवश्यकता हो ।  त्यसकारण हरेक विद्यालयमा बालअधिकारको कार्यन्वयन गर्न र बालबालिकालाई उनिहरुकै सहभागितामा बालमैत्री र तथा भएरहित शिक्षा लागु गर्नको लागी सरोकारवाला निकायहरुको ध्यान जान आवश्यक देखिन्छ ।
(बिकास खबर पत्रिका बाट )