एमालेले संविधानसभा निर्वाचनको प्रचारप्रसारका लागि उच्चप्रविधि-हाइटेकं शैली अपनाउने

608 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौँ/नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनको प्रचारप्रसारका लागि उच्चप्रविधि-हाइटेकं शैली अपनाउने भएको छ ।
उच्च प्रविधिमा इमेल, वेबसाइट, फेसबुक, ट्विटर, युट्युब, भिडियो, वृत्तचित्र आदि पर्छन् । निर्वाचनमा प्रचारप्रचारका लागि पर्चा, पम्प्लेटलगायत परम्परागत शैलीका प्रचार सामग्री बिस्तारै कम प्रभावकारी बन्दै गएको तथा बढी खर्चिलो र एकोहोरो संवाद हुने भएकाले जनताका प्रतिक्रिया र दोहोरो संवाद गर्नका लागि ‘हाइटेक’ शैली अपनाउन लागिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।

“नयाँ पुस्ता राजनीतिबाट असन्तुष्ट छ, तिनमा राजनीतिमा हामी प्रयोग मात्र भयौँ भन्ने निराशा छ, ती युवा कार्यकर्तासँग प्रत्यक्ष कुराकानी गरेर बीचमा कहाँनेर खाडल छ, त्यो थाहा पाउन कार्यकर्ताबीच नजिक हुन हाइटेक प्रचारशैली अपनाउन लागेका हौँ ।” पोलिटब्युरो सदस्य ज्ञवालीले भने ।

“पहिले निर्वाचन प्रचारमा पर्चा, पम्प्लेट वितरणलगायत विधि बढी प्रयोग हुन्थ्यो तर अब आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ,” उनले भने, “युवा पुस्ताले बढी मात्रामा आमसञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोग गर्छन्, उनीहरुसँग अन्तक्र्रिया गर्नैपर्छ, किनकि युवापुस्ता नै जनमत निर्माण गर्ने मुख्य शक्ति हुन् ।”
‘आमसञ्चारका माध्यम र सामाजिक सञ्जाल बढी अन्तक्र्रियात्मकका साथसाथै तत्काल प्रतिक्रिया पाउन सकिने, प्रतिक्रिया छिटो पाइने भएकाले पार्टीका कमजोरी तत्काल सच्याउन पनि सकिन्छ”, “प्रचारशैली आक्रामक तरिकाले तर शिष्ट, तथ्यसङ्गत, आकर्षक, सबल पक्षको जोडदार पक्षपोषण गर्र्ने, आलोचनाको तथ्यपूर्ण तरिकाले जवाफ दिने र कमजोरीको सन्तुलित समीक्षा गर्ने खालको हुन्छ ।”

निर्वाचनको प्रचारप्रसारकै अभियानका लागि एमालेले जिल्लास्तरमा छुट्टाछुट्टै र केन्द्रमा दुई वृत्तचित्र निर्माण गर्न लागेको छ । एउटा वृत्तचित्रमा ‘पार्टीको नीति र दृष्टिकोण’ तथा अर्कामा सशस्त्र द्वन्द्वको पीडा समेटिएको बन्ने बताइएको खबरपाटी डट कमले आफ्नो समाचारमा जनाएको छ् ।